महिलाको योगदान विशिष्ट छः सभामुख महरा


प्रकाशित मिति :2019-09-12 18:54:15

–महिला खबर–

ललितपुर । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले हरेक क्षेत्रमा रहेको विकृति हटाउन महिलाको योगदान विशिष्ट रहेको बताएका छन् ।

सञ्चारिका समूहको ‘२३ औँ वार्षिक साधारणसभा’ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन सक्छन्’ सभामुख महराले भने, ‘ पत्रकारिताको सुदृढिकरणमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण छ । पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन पनि पत्रकार महिलाले योगदान दिनुपर्छ ।’

सञ्चारिका समूहका पहिलो अध्यक्ष तथा सीड कमिटीका उपाध्यक्ष बन्दना राणाले पत्रकार महिलाको लागि अहिले निकै अवसर भएको र यसमा धेरै काम गर्न सकिने बताइन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघले नियमित रुपमा मिडियामैत्री कानुन निर्माणका लागि सरकारलाई दवाव दिइरहेको बताए ।

सञ्चारिका समूहका पुर्व अध्यक्ष बबिता बस्नेतले नयाँ र ‘मिड करियर’ पत्रकारको आफ्ना सहकर्मीसँग प्रतिष्पर्धा हुने भए पनि पुराना पत्रकारको भने आफैँसँग प्रतिष्पर्धा हुने गरेको औँल्याइन् ।

समूहकी निवर्तमान अध्यक्ष निर्मला शर्माले सञ्चारिकाले बिगतदेखि नै महिलाका मुद्दालाई मूलप्रवाहीकरण गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।

सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले जिल्ला जिल्लाका रेडियोहरुमा पत्रकार महिला सक्रिय रुपमा सूचना सम्प्रेषणको काममा लागिरहेको बताए ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले संस्थाको प्रदेश र जिल्लास्तरमा संगठनहरु विस्तार भइरहेको जानकारी दिइन् । उनले जिल्लामा पछिल्लो समयमा पत्रकार महिलाहरुको संख्या बढिरहेको भन्दै खुसी व्यक्त गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: