यौन शोषणको भिडियो नै दिएपछि भारतका पूर्व मन्त्री पक्राउ


प्रकाशित मिति :2019-09-20 17:32:22

एजेन्सी । छात्रामाथि यौन शोषणको आरोपमा भारतका पूर्व केन्द्रीय मन्त्री पक्राउ परेका छन् । कानूनको अध्ययन गरी रहेको ती छात्रामाथि पूर्व मन्त्री चिन्मयानन्दलाई प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशकी छात्रालाई यौन शोषण गरेको आरोपमा विशेष अनुसन्धान दल (एसआईटी)ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको हो ।

अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ । केही दिनअघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई दिएपछि घटना सतहमा आएको हो । सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ ।

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमबयकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेकी थिइन् । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् ।

त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजे पनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो । यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: