संचारिकाका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्री


प्रकाशित मिति :2019-09-21 21:28:19

-महिला खबर-

ललितपुर । संचारिका समूहका पहिलो निर्वाचित अध्यक्ष बन्दना राणालाई जनसेवा श्रीबाट विभुषित गरिने भएको छ ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राणालाई विभुषित गरिने भएको हो ।

सरकारले पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६ सय ३४ व्यक्तिको शुक्रबार सूची सार्वजनिक गरेको थियो ।

लामो समयदेखि नेपाली महिलाका मुद्दालाई मूल प्रवाहीकरण गर्न क्रियाशील राणा संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी कमिटी (सीड) को उपाध्यक्ष पनि हुन् ।

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने राणा नै पहिलो नेपाली हुन् ।

राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा चुनिएकी थिइन् । उनी समितिमा रहेर रणनीतिक निर्देशकका रुपमा पनि कार्यरत छिन् ।

संयुक्त राष्ट्रसंघको सीड कमिटी सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।

नेपाल सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई जनसेवा श्री मानपदवी प्रदान गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: