-महिला खबर-
धनगढी । सामुदायीक विद्यालयका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउन २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोला लगायतका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको छ । कांग्रेस नेता तथा रुडुकका संस्थापक अध्यक्ष डा. आरजु राणाको पहलमा बालबालिकाहरुलाई शैक्षिक सामग्री बिरतण गरिएको हो ।
धनगढी उप–महानगरपालिकाभित्रका सामुदायीक विद्यालयमा अध्ययनरत २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोला लगायतका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको मेयर नृप वडले जानकारी दिए ।
उपमहानगरपालिका, ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेसनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीहरुलाई झोला र अन्य पाठ्य सामग्रीहरु वितरण गरिएको मेयर वडले जानकारी दिए ।
विद्यार्थीलाई रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा, धनगढी उप–हानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । झोला वितरण गर्न डाक्टर देउवा धनगढी उप–महानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिईन् ।
शैक्षिक सामग्री कक्षा १ देखि ५ सम्मका १५ वटा सामुदायीक विद्यालयका बालबालिकालाई वितरण गरिएको हो ।
Comment Here!