गलत संस्कार हटाऔंः मन्त्री थापा


प्रकाशित मिति :2019-09-27 10:08:05

-महिला खबर-

ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सभ्य समाज र समृद्ध देश निर्माणका लागि महिनावारीलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्ने बताएकी छन् । उनले त्यसका लागि जनचेतना अभिबृद्धी गर्नु आवश्यक रहेकोमा जोड दिएकी छन् ।

महिनावारीका बेला गरिने ब्यवहारका बारेमा जनचेतना जगाउनु पर्ने मन्त्री थापाको भनाई छ । एक्सपोज नेपालको १२ औं बार्षिक उत्सवको उद्घाट्न गर्दे मन्त्री थापाले अझैं पनि महिनावारीको बारेमा महिलाहरुले खुलेर भन्ने नसक्ने अवस्था रहेको प्रष्ट पारिन् ।

कतिपय सामाजिक संस्कारहरु व्यक्ती र समाजको विकासको बाधक रहेको बताउँदै मन्त्री थापाले त्यस्ता कुसंस्कारहरुलाई तोड्दै जानुपर्नेमा जोड दिइन् ।

घरेलु प्याड उत्पादन गरी त्यसलाई व्यवसायिक रुपमा उद्योगका रुपमा विकास गर्न सके महिनावारीको व्यवस्थापन हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने उनले बताइन् ।

मन्त्री थापाले सामाजिक विकासका कामहरुमा स्थानीय र प्रदेश सरकारसंग समन्य गरेर काम गर्दा अझ प्रभावकारी हुने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: