-सरु सुनार-
काठमाडौ । सात वर्षकी एक बालिका पटक पटक बलात्कृत भएकी छन् । त्यो पनि आफ्नै नाता पर्ने युवकबाट । नाता पर्ने बालिकालाई कोठामा थुनेर बलात्कार गरिरहेको बेला अर्की एक महिलाले रंगेहात फेला पारेपछि भर्खरै घटना बाहिर आएको छ । बलात्कार आरोपी बिनोद सुनार अहिले काठमाडौंमा प्रहरीको हिरासतमा छन् ।
बालिकाकी आमालाई छोरी जन्माएको केही वर्षपछि श्रीमानले वास्ता गर्न छोडे । अनेक खालका दुःख दिन थाले । उनीहरूसँग बस्नै छोडेको पनि दुई वर्ष भयो । अनि तिनै छोरी पढाउन र आफ्नो जीविकोपार्जनको लागि उनी एउटा कम्पनीमा काम गर्न थालिन् ।
आफूले पढ्न नपाए पनि छोरीलाई पढाउनु पर्छ सोचेर आफूले मजदुरी गरेर छोरीलाई राम्रो बोर्डिङ स्कूलमा हालेकी छिन् ।
बिनोद सुनार नाताले बालिकाकी आमाको फुपूको छोरीको छोरा पर्छन् ।
बिनोद बालिकाकी आमाको बैनी ज्वाइसंग एउटै गाडीमा खलासीको काम गर्थे । उनीहरू सँगै बस्थे । बिनोद बालिकाको कोठामा पनि आफन्त बनी धेरै पटक आइरहन्थे । बालिका र उनकी सानीआमाको कोठा नजिक नजिकै छ । त्यसैले बिनोदलाई उनको कोठामा जान आउन सहज थियोे ।
बालिकाकी आमा बिहान छोरीलाई खाना खुवाएर स्कूल पुराएर काममा जान्थिन् ।
छोरीको चार बजे छुट्टी भएपछि एक्लै कोठामा हुन्थिन् ।
उनी कामबाट छुटेर आउँदा बेलुका भइसकेको हुन्थ्यो ।
बिनोदले बच्ची स्कूलबाट आएर एक्लै कोठामा बसेको मौका छोपी पटकपटक बलात्कार गरेको खुलेको छ ।
गतहप्ता भने सधैं बालिकालाई मौका छोपी बलात्कार गर्ने बिनोदले कोठा सार्ने योजना बनायो ।
बालिकाको कोठामा गएर सानिआमाको घरमा सानबुवा हुनुहुन्छ कि नाइँ ? जाउ नानू हेरेर आउ भनी बालिकालाई उनकै सानीआमाको कोठा पठायो ।
बालिका सानिआमाको कोठामा पुगिन् । तब पछिपछि गएको बिनोदले बालिका कोठामा पुगेपछि भित्र पसेर ढोका बन्द गर्यो ।
संयोगबस बालिकाको सानिआमा त्यसैबेला कोठामा आइपुगिन् ।
भित्रबाट चुकुल लगाएको देखेपछि आत्तिन् । धेरै पटक ढोका ढक्ढक्याइन् ।
ढोका खुलेन । फेरि उनी एकछिन् उभिइन् । त्यसैबेला त्यही रहेको रातो चप्पलमा उनको नजर पुग्यो । जुन चप्पल तिनै बालिका अर्थात आफ्नी दिदीको छोरीको थियोे ।
उनको मन झन् आत्तिन थाल्यो । पक्कै नानी भित्र छ र केही भयो कि भनेर जोडजोडले ढोका ढक्ढक्याउन थालिन् । केही बेरमा बिनोदले ढोका खोल्यो ।
उनीभित्र पस्दा बालिका खाटको कुनामा निकै डराएको अवस्थामा रुँदै घोप्टी परेर बसेको देखिन् । बिनोद भने ढोका खोलेर हतार हतारमा निस्किहाल्यो ।
उनलाई शंका लाग्न थाल्यो । पक्कै केही गडबड छ भनि तुरुन्तै बालिकाको आमालाई खबर गरिन् । बालिकाको कपडा खोली हेर्दा उनको कलिलो योनी क्षत विक्षत थियो । नाबालक छोरीको यो अवस्था देखेपछि आमा त्यही बहोस हुन पुगिन् ।
आमा भन्छिन्, म सधैं बिहानदेखि बेलुकासम्म काममा हुने । नानी कहिले कोठामा एक्लै हुन्थिन् त कहिले साथिहरूसित खेल्थिन् ।
बिनोद नाताले आफ्नै पर्ने हुँदा मैले त्यस्तो पाप त सोच्न पनि सकिन कहिल्यै ।
नानी केही महिना अघिदेखि खाना मन नगर्ने, नबोल्ने, बेला बेलामा ज्वरो आउने, पढ्न मन नगर्ने, नपढ्ने, टोलाएर बस्ने गरेकी थिइन् । मैले ख्यालै गरिन । केटाकेटीहरू यस्तै हुन् सोचे । मेरो छोरी त यतिसम्म पीडित भइसकेकी रहिछिन् ।
बालिकाले आमासंग बिनोदले ४ पटक आफूमाथी यस्तो व्यबहार गरेको बताइन् । यो कुरा कसैलाई भनेको खण्डमा मारिदिने धम्की दिएकोले आफूलाई कसैलाई पनि नभनेको उनले बताएकी छन् ।
घटना थाहा पाएपछि बालिकाकी आमाले तुरुन्तै प्रहरीलाई खबर गरिन् । बिनोदलाई प्रहरीले पक्राउ गरी सोहखुट्टे प्रहरी बृत्तमा राखी मुद्दा अगाडि बढाइएको छ ।
बालिकाकी आमाले आफ्नी छोरीको यो हालत बनाउने विनोदलाई कडा भन्दा कडा कानूनी कार्वाही हुनुपर्ने माग गरेकी छन् ।
(बालिका र बालिकाकी आमासंगको कुराकानीमा आधारित)
Comment Here!