दाइजोको निहुँमा फेरि युवतीको हत्या


प्रकाशित मिति :2019-10-14 12:33:42

-महिला खबर-

ललितपुर । भारतको जोगवनीमा नेपाली महिलाको शव फेला परेको छ । विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको हातखुट्टा बाधेको अवस्थामा परवाना नदीमा शव भेटिएको हो ।

स्थानीय मनिकचन्द सहनीकि २२ वर्षकी छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाकोे शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

हिजो आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

रन्जनाको माइतीले विवाहमा मोटरसाइकल दाइजो मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको भन्दै परिवारले मानसिक यातना दिइरहको बुवा सहनीले बताए ।

पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

रन्जनाको बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: