-महिला खबर-
ललितपुर । कैलालीमा एक श्रीमान् श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाका धिरेन्द्र थापा श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।
धिरेन्द्रले यही असोज २१ गते श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । कुटपिटबाट घाइते जानकीको २४ गते मृत्यु भएको थियो ।
कुटपिटपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकको स्वास्थ्यमा समस्या देखिएपछि फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
कुटपिटमा संलग्न थापालाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।
Comment Here!