बेइजिङ समीक्षा: “अन्तिम संघर्षको खाँचो छ”


प्रकाशित मिति :2019-10-17 15:30:09

-महिला खबर-

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हरेक क्षेत्रमा पुरुष जत्तिकै महिलाको सहभागिता बढाउन अझै संघर्षको खाँचो रहेको औँल्याएकी छन् ।

संविधानको मौलिक हकमा महिलालाई अंश र वंशको समान हक प्रदान गरेको उल्लेख गर्दै उनले अब सहभागिताको सन्दर्भमा पनि समान व्यवस्था कायम गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले ललितपुरमा बिहीबारदेखि सुरु गरेको दुइदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेकी छन् ।

मन्त्री थापाले विक्रम संवत २०६२/०६३ को परिवर्तनपछि महिला अधिकारको सवालमा उपलब्धीहरु हात पर्दै गएको भन्दै अब हरेक क्षेत्रमा समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो रहेको बताइन् ।

विक्रम संवत २०७४ मा भएको स्थानीय तहको चुनावबाट झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व निर्वाचित हुनु संघर्षकै प्रतिफल रहेको पनि उनले बताइन् । दुई दिनसम्म चल्ने कार्यशालामा विभिन्न विषयमा छलफल हुनेछ ।

महिला र वातावरण, महिला शिक्षा र तालिम, महिला र गरिबी, महिला र संस्थागत संयन्त्रलगायतमा विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: