-रमा भट्टराई कैलाली-
जहाँ मान्छेको बलि चडिरहन्छ
हो त्यहीँ
जनावरको बलि चडाइनु हुदैन
भन्दै एक थरी उफ्रन सम्म उफ्रन्छन्
कहिल्यै बोल्दैनन्
मान्छे मान्छेमा छुवाछूत हुनुहुदैन
कहिल्यै बोल्दैन्न बलात्कार हुनुमा
पीडितको कुनै दोष हुदैन
तर
बोल्छन् त्यही यस्ती थिइ उस्ति थिइ
लुगा यस्तो लगाउथी
केटाहरुसंग उठ बस धेरै गर्थी
राती अबेरसम्म घर बाहिर हुन्थी
अनि केटा मान्छे न हो
सम्हालिनु त केटिले पो हो
जब की केटि मान्छे हुँदै होइन
केटा पो केटा मान्छे त
अनि
रगताम्य हुनु पर्छ
बिवाहको पहिलो रात
यदि भैन भने
चरित्रहिन
वाह रे
मानव हो
तिम्रो मानवता देखेर
म साच्चै छक्क पर्छु
निर्मलाहरूको बलात्कार र हत्या
सामान्य हुन्छन्
तर जीव हत्या गरिनु हुदैन भन्दै
नारा लगाको देखेर अचम्ममा पर्छु
पुरुषार्थ साबित हुन्छ
महिलाको शरीरमाथिको नियन्त्रण
फलाम हुनुपर्छ महिला पनि
जुन घर सजाउछन्
त्यो घरले कहिले
सिंगारिन
दिदैन तर
पनि अहोरात्र खटिन्छ्न
सेवा गर्न
एक मुठ्ठी सास फेर्न
कहिल्यै पाउदैन्न स्वतन्त्रता
तर पनि फुकिरहन्छन्
समानताका नाराहरू ।
Comment Here!