नेता महिलाले भने, ‘नेतृत्वमा महिला संख्या बढाउनु पर्छ’


प्रकाशित मिति :2019-10-20 20:43:27

-महिला खबर-

ललितपुर । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता आवश्यक रहेको बताएकी छन् ।

‘महिला राजनीतिज्ञसँगको अन्तरक्रिया ’ कार्यक्रममा बोल्दै उपसभामुख डा. तुम्बाहाम्फेले राजनीतिक, आर्थिक, सामाजिक लगायतका सबै क्षेत्रमा आ-आफ्नो पृष्ठभूमिका महिला नेतृत्वको सहभागिता बढेको बताइन् । ‘तर यतिले मात्रै पुग्दैन, यो प्रतिस्पर्धाको जमानामा हामी (महिला)ले संख्या र गुणस्तर बढाउनैपर्छ,’ उनले भनिन् ।

सञ्चारिका समूह, निर्वाचन आयोग लगायत संस्थाले संयुक्त आयोजना गरेको अन्तरक्रियामा बोल्दै तुम्बाहाम्फेले सञ्चार माध्यम र महिला राजनीतिज्ञहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘सञ्चार माध्यमहरुले महिलाको आवाज उठाउने विषयमा योजना बनाउनुपर्छ र राजनीतिज्ञ महिलाहरुले आफ्ना कुराहरु उठाउँदा विषय केन्द्रित शसक्त आवाज उठाउने गर्ने तयारीमा हुनुपर्छ ।’

संसदकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा राजनीतिक दलका महिला संगठनहरु मौन बनेको विषयलाई जोड्दै महिला राजनीतिज्ञहरुले डटेर लड्नुपर्ने समाजवादी पार्टीकी नेतृ हिसिला यमीले बताइन् । उनले भनिन्, ‘सरकार अप्ठेरोमा पर्ने, अल्पमतमा पर्ने भएपनि महिला हिंसाका सवालमा हामीले बोल्नैपर्छ ।’

संविधानमा सुरक्षित महिला अधिकारलाई थप स्थापित र प्रभावकारी कार्यान्वयनका लागि सञ्चार माध्यम र महिला राजनीतिज्ञहरुले समन्वय गर्नुको विकल्प नहुने नेकपाकी सांसद विन्दा पाण्डेले बताइन् ।

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सञ्चारमाध्यमहरुले महिला नेतृहरुलाई समान स्थान दिनुपर्ने बताइन् ।

राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल, सांसद रामकुमारी झाक्री, अष्टलक्ष्मी शाक्य, कुमारी सुवेदी लगायत महिला सांसदहरुले बोलेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: