मन्त्री थापा र यूएनएफपीएका कार्यकारी निर्देशकबीच शिष्टाचार भेट


प्रकाशित मिति :2019-10-21 12:46:17

-महिला खबर-

ललितपुर । महिला बालबालिका, तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्र संघका उप–महासचिव डा.नतालिया कनेम बीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री थापाले नेपाल सरकारले समतामूलक समाज निर्माण र आम नागरिकले न्यायमूलक समाजमा जिउन पाउने अधिकारको परिकल्पना गरेको बताइन् ।

उनले नेपालको आधा भन्दा बढी जनसंख्या महिलाको रहेकाले त्यसमा बालबालिका र किशोरीहरु पनि पर्ने बताइन् । मन्त्री थापाले सरकारले २०७६ लाई लैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउने घोषणा गरेकाले त्यसमा सघाउन आग्रह गरिन ।

दुई दिने नेपाल भ्रमणमा आएकी यूएनएफपीएका कार्यकारी निर्देशक कनेमले लैगिक हिंसा र बालविवाह अन्त्य गर्न आफूहरुले संगसगैै रहेर काम गरेको बताइन् । कनेमले महिला बालबालिका मन्त्रालयले शुरु गरेको लैंगिक हिंसा विरुद्धको अभियानलाई सहयोग गर्न आफूहरु तत्पर रहेको बताइन् ।

अभियानले किशोरी र महिलाको जीवनमा कसरी फरक ल्याउन सक्छ त्यसको सहयोगका लागि जनसंख्या कोष सधैँ नै तयार रहेको कनेमले बताइन् ।

उनले जातजाती, धर्म, सम्प्रदाय, वर्ण र लिंगका मानिसहरुको उपस्थिति रहेकोले नेपाल एउटा समावेशीताको प्रतिक भएको बताइन् ।

सन् १९९४ मा भएको जनसंख्या तथा विकास सम्बन्धी अन्तर्रारष्ट्रिय सम्मेलन (आईसीपीडी)को कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिवद्धता अनुसार हालसम्म गरेको उपलब्धीहरुसँग साक्षात्कार हुन डा। नतालियासहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: