बलात्कार आरोपमा पक्राउ परेका अखिलका केन्द्रीय सदस्यलाई संगठनले हटायो


प्रकाशित मिति :2019-10-30 13:26:53

-महिला खबर-

ललितपुर । किशोरी बलात्कारको आरोपमा प्रहरीद्वारा पक्राउ परेका रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव इन्द्रहाङ राईलाई स्ववियुले कारबाही गरेको छ ।

अखिलका केन्द्रीय सदस्य समेत रहेका स्वतन्त्र विद्यार्थी यूनियनका सहसचिव राईलाई आज बुधबारको मितिदेखि कारबाही गरिएको जनाइएको छ ।

स्ववियुका अध्यक्ष तपेन्द्र बहादुर शाहीद्धारा जारी विज्ञप्तिमा राईलाई कारबाही गरिएको उल्लेख छ। साथै राईलाई स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने पनि विज्ञप्तिमा उल्लेख छ ।

१८ वर्षीया किशोरीलाई देउसी खेल्ने भन्दै साथीको कोठामा बोलाएर सोमबार बलात्कार गरेको आरोपमा हिजो (मंगलबार) बिहान ६ बजे राईलाई प्रहरीले पक्राउ परेका थिए ।

अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा यस घटनाका बारेमा प्रहरी प्रशासनले थप अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन र पीडित पक्षलाई न्याय दिलाउनका लागि संगठन हर किसिमको सहयोग गर्न तयार रहेको उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: