‘दिदीबहिनी टीका’ ले जोगाएको खुशी


प्रकाशित मिति :2019-10-30 14:25:45

-महिला खबर-

ललितपुर । यस वर्ष भाइटीकाको दिन सामाजिक सञ्जालमा केही बेग्लै खाले तस्बिर र विचारले प्रवाहित भो । परापूर्व कालदेखि दिदीबहिनीले दाजुभाईको पूजा गरेर मनाइने भाइटीकामा यस वर्ष केही दिदीबहिनीहरूले पनि एक अर्काको पूजा गरेर ‘दिदीबहिनी टीका’ मनाएको प्रसंग सामाजिक सञ्जालमा छायो ।

भाइटीकाको दिन वरिष्ठ पत्रकार निर्मला शर्माले आफ्नो फेसबुकमा पोष्ट गरिन्, ‘दिदीबहिनी टीका । दाजुभाई नहुनेले पनि यसरी टीका लगाउन शुरु गर्यौं भने समाजमा छोरा नै चाहिन्छ भन्ने मान्यतामा केही कम होला कि ?’

दुई छोरीकी आमा उनले यी शब्दसंगै छोरीहरूले एक अर्काको पूजा गर्दै टीका र माला लगाइदिएका ११ तस्बिर पोष्ट गरेपछि त्यसमा प्रतिक्रिया जनाएका ६१ जनाले यसलाई सकारात्मक सन्देश भने । तारिफ गरे । शुभकामना दिए । आफ्नै दाजुभाइ नहुने दिदीबहिनीले एक अर्कालाई टीका लगाएर आर्शीवाद दिए लिए जस्तै दिदीबहिनी नहुने दाजुभाइले पनि यसरी नै एक अर्कालाई पूजा गरेर आर्शीवाद लिने दिने गर्नुपर्छ भनेर प्रतिक्रिया जनाए ।

शर्माका छोरीहरू एलिना बराल र मेलिना शर्मा ।

दुबै सन्तान छोरी जन्मेपछिका केही वर्ष भाइटीका आयो कि आफन्तले सोध्ने, ‘नानीहरूने कसलाई टीका लाउँछन् ?’ पत्रकार शर्माले भनिन्, ‘यसरी सोधिने प्रश्नले निकै नमज्जा लाग्थ्यो । छोरीहरूलाई पनि खल्लो महसुस हुने । अनि छोरीहरूलाई नै एक अर्कालाई टीका लगाउन उत्साहित गरेँ ।’

शर्माका छोरीहरू एलिना बराल र मेलिना शर्माले आमाको उक्साहटमा यसरी टीका लगाउन थालेको एक दशक बढी भो । ‘आफ्ना दाजुभाइ नभएपछि अर्काका दाजुभाइ खोज्न कहाँ पठाउनु ? फेरि यसरी दाजुभाइ खोज्ने कुराले छोरा मान्छे हुनैपर्छ भन्ने मान्यतालाई पनि प्रोत्साहन गर्दोरहेछ’ उनले भनिन् । त्यसकारण आफूजस्तो सचेत मान्छेले छोरीहरूमा एक अर्काको महत्व र अस्तित्व महसुस गराउन टीका लगाउने गरेको उनले बताइन् ।

Image may contain: 2 people, people smiling, people sitting

शर्माका छोरीहरू एलिना बराल र मेलिना शर्मा ।

यस्तै अधिकारकर्मी सृजना सिंह योञ्जनले आफ्ना तीन छोरीहरूले पनि केही वर्ष यता एक अर्कालाई टीको लगाउँदै आएको बताइन् ।

पत्रकार शर्माको पोष्टमा प्रतिक्रिया जनाउँदै योञ्जनले लेखेकी छन्, ‘निर्मला जी, हाम्रा छोरीहरूले एक अर्कालाई टीका लाउने चलन केही वर्ष यतादेखि गर्दै आएका छन् । भाइटीकाको अर्थ एक अर्काप्रति सधैँ माया र सद्भाव राखि एक अर्काको रक्षा गर्नु त हो नी !’

Image may contain: 3 people, including Shrijana Singh Yonjan, people smiling, people standing

अधिकारकर्मी सृजना सिंह योञ्जनका छोरीहरू टीका पश्चात ।

पत्रकार कुशुम बिश्वकर्माले पनि केही अघिदेखि नै आफ्नी दिदीले आफूलाई टीका लगाउँदै आएको बताइन् ।

‘दिदीले मेरो माइती तिमी नै हो भन्नुहुन्छ । टीका लगाइदिनुहुन्छ’ कुशुमले भनिन्, ‘म पनि भाइटीकामा सधैं उहाँबाट नै आर्शीवाद थाप्छु ।’

Image may contain: 2 people, including Kusum Bishwokarma, people smiling, people standing, people sitting and indoor

पत्रकार कुशुम बिश्वकर्माका दिदीबहिनी ।

धादिङकी ओजस्वी दुवाडीका तीन दिदीबहिनीले पनि एक अर्कालाई टीका लगाउन थालेको ७ वर्ष भो । त्यसअघि आफन्त दाजुभाइलाई टीका लगाउँदै आएका उनीहरूले आजकाल भने एक अर्काबाट टीका थापेर आर्शीवाद लिने दिने गरेको ओजस्वीले बताइन् ।

‘दिदीबहिनीले टीका लगाइदिँदा दाजुभाइको आयू लम्बिन्छ भने दिदीबहिनीले पनि एक अर्कालाई टीका लगाइदिँदा हाम्रो पनि त आयू बढ्छ होला नी !’ ओजस्वीले भनिन् । त्यही विश्वासले आफ्ना दिदीबहिनीहरूले आपसमा टीका लगाएर तिहार रमाइलो गर्ने गरेको उनको भनाइ छ ।
उसो त आफ्नै दाजुभाइ नहुने मात्र होइनन् दाजुभाइ हुने दिदीबहिनीहरूले पनि एक अर्कालाई टीका लगाइदिएका तस्बिर हिजोदेखि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।

सांसद कोमल ओली र उनकी बहिनी पत्रकार प्रज्ञा शरदले एक अर्कालाई टीका लगाउँदै गरेको ‘टिकटक’ भिडियो नै फेसबुकमा पोष्ट गरेका छन् ।

सांसद कोमल ओली र उनकी बहिनी पत्रकार प्रज्ञा शरद ।

पत्रकार निर्मला शर्मा भन्छिन्, ‘भाइटीकाको दिनका लागि मात्रै खोजिने दाजुभाई र दिदीबहिनीको सम्बन्ध सधैं एकनास नहुन सक्छ । आफ्नै दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्ध पनि सधैं मिठान नहुने भए पनि बनाइएका सम्बन्धमा तलमाथी हुँदा मन धेरै दुख्ने र त्यसले तिक्तता ल्याउने हुँदा मैले छोरीहरूले एक अर्कालाई टीका लगाइदिउन् भन्ने चाहे ।’ यसले गर्दा छोरीहरूले पनि तिहारमा खल्लो महसुस गर्न नपाउने गरेको शर्माको अनुभव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: