ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसंग लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल गर्ने भएकी छन् ।
लैङ्गिक हिंसा विरुद्धको वर्ष २०७६ को अभियान अन्तर्गत मन्त्री थापाले आफै सहभागी भएर हिंसा न्यूनिकरणका विषयमा छलफल गर्ने भएकी हुन् ।
कात्तिक १८ गते १ नम्बर प्रदेशबाट शुरु हुने छलफल सातवटै प्रदेशमा सञ्चालन हुने छ । छलफलमा मुख्यमन्त्री, प्रदेश सांसदहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।
गत जेठ ६ गते मन्त्री परिषद्ले २०७६ लाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षको रुपमा मनाउने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा ‘लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६’ घोषणा गरेका थिए ।
घोषणापछि मन्त्री थापाले हिंसा न्यूनिकरणका विषयमा सातवटै प्रदेशका सामाजिक विकास मन्त्री, सातवटै प्रदेशका उपसभामुख र विभिन्न क्षेत्रका सरोकारवालाहरुसंग छलफल गरेकी छन् ।
Comment Here!