‘यसलाई फाँसी दिँदा पनि सजाय कम हुन्छ’


प्रकाशित मिति :2019-11-01 17:24:57

–महिला खबर–

ललितपुर । आफूलाई एसिड छ्यापेर फरार भएका व्यक्तिलाई आफू सामू देखेपछि हेटौडाकी विन्दवासिनी कंसाकारले आफूलाई नियन्त्रण गर्नै सकिनन् । हातमा हत्कडी र मुखमा मास्क लगाएर पत्रकार सम्मेलनमा उपस्थित गराइएका एसिड छ्याप्ने व्यक्तिलाई देखेपछि आक्रोशित कंसाकारले उनलाई झम्टिन जाँदै भनिन्, यो अपराधीलाई जेल होइन, फाँसीको सजाय दिनुपर्छ । मेरो जीवन बर्बाद गर्ने यसलाई फाँसीको सजाय पनि कम हुन्छ ।’

हेटौँडामा ६ वर्षअघि विन्दवासिनी कंसाकारलाई एसिड छ्यापेर फरार युवकलाई पक्राउ गरी प्रहरीले आज शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । सोही कार्यक्रममा उपस्थित पीडित युवतीको आक्रोश, रोधन र पीडाले त्यहाँको माहोल खल्बलियो । उपस्थित पीडितका आफन्त पनि भन्दै थिए, ‘यस्तालाई त कानून बनाएरै भए पनि फाँसी दिनुपर्छ । बाँच्न दिनु हुन्न ।’

भारत महाराजगञ्ज अमरपूर्वन ६ का ‘राज’ भनिने दिलीपराज केशरीलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २३ को भलोहीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

हेटौँडाको मेनरोडमा रहेको आफ्नै पसलमा बसिरहेको समयमा दिलीपराजले विन्दवासिनीलाई एसिड छ्यापेर फरार भएका थिए ।

प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको निर्देशनमा निरन्तर खटिएको प्रहरी टोलीले केशरीलाई पक्राउ गर्न सफल भएको जानकारी दिएको छ ।

एसिड आक्रमणपछि उपचारका क्रममा आफ्नो ८० लाख रुपैयाँ खर्च भइसकेको र अहिले पनि उपचार जारी रहेको कंसाकारले बताइन् ।

आफूलाई बर्बाद पार्ने ती युवकलाई कडा भन्दा कडा सजाय गराउन पनि उनले माग गरिन् ।

unn.prixa.net

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: