राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्त गर्न दबाब


प्रकाशित मिति :2019-11-04 12:16:42

–महिला खबर–

ललितपुर । राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन हुँदा परेका समस्या बारेमा अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।

राष्ट्रिय महिला आयोगमा आयोजित छलफलमा सहभागीहरुले बल्ल तल्ल संवैधानिक भएको राष्ट्रिय महिला आयोगमा एकजना पनि पदाधिकारी नहुनु दुःखद् भएको टिप्पणी गरे । उनीहरुको सामूहिक आवाज थियो, ‘आयोगलाई पदाधिकारीविहीन राख्नु भनेको महिलाका मुद्दालाई ओझेल पार्ने रणनीति हो ।’

अधिकारकर्मीहरुले आयोगमा तत्काल पदाधिकार नियुक्त गर्न प्रधानमन्त्री, संवैधानिक परिषद्को सचिवालय, राजनीतिक दल लगायतमा ध्यानाकर्षण गराउने सहमति गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु मायादेवी न्यौपाने, शान्ति पाख्रीन, अधिकारकर्मी मीरा ढुंगाना, सर्मिला कार्की, लिली थापा, निर्मला शर्मा, राधा शर्मा, शान्ति अधिकारी, इरादा गौतम, कपिल श्रेष्ठ, दिनेश त्रिपाठी, टीका दाहाल लगायतले धारणा राखेका थिए ।

अधिकारकर्मीले महिलाका मुद्दामा विज्ञ, महिला सम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून बुझेको, महिला आन्दोलन हाकेको जो सुकै महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा तत्काल नियुक्त गर्न पनि आग्रह गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: