-महिला खबर-
ललितपुर । सुदूरपश्चिम प्रदेशको प्रमुखमा शर्मिला कुमारी त्रिपाठी नियुक्त भएकी छन् । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेसंगै सुदूरपश्चिम प्रदेशको प्रमुखमा त्रिपाठी नियुक्त भएकी हुन् ।
सोबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखको टुंगो लगाउँदै चितवनकी शर्मिला त्रिपाठीसहित सात जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।
चितवन घर भएकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।
त्यस यता द्वन्द्वपीडितको पक्षमा आवाज उठाउँदै आएकी त्रिपाठी सरल र निडर स्वभावका कारण लोकप्रिय छिन् ।
प्रदेश प्रमुखले लिए सपथ
यस्तै सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान नौ बजे शीतल निवासमा आयोजित समारोहमा प्रदेश प्रमुखहरुलाई सपथ गराएकी हुन् ।
प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी त्रिपाठी नियुक्त भएका छन् ।
सरकारले नेपाली कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाउँदै नयाँ नियुक्त गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार सातै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।
Comment Here!