अस्ट्रेलियामा महिला राष्ट्रिय फुटबल खेलाडीले पुरुष सरह पारिश्रमिक पाउने


प्रकाशित मिति :2019-11-06 14:57:49

अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए)ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पाउने छन् ।

अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाई हुँदैछ ।

संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्नेक्रममा “समान ज्याला”को नारा रंगशालामै गुन्जिएको थियो ।

अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भन्नुभयो – फुटबल सबैको खेल हो, र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ ।

चार वर्षे यस सम्झौता बमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कूल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष १ प्रतिशत वृद्धि हुनेछ । अर्को शब्दमा उनीहरुले जति बढी सफल हुनसके भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ ।

एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिए । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताए । एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: