प्रदेश प्रमुख त्रिपाठीद्वारा पदभार ग्रहण


प्रकाशित मिति :2019-11-07 13:50:29

धनगढी । सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठीले आज पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुगेकी त्रिपाठीले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । उनलाई कार्यालयमा नेपाली सेनाले सलामी दिएको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख त्रिपाठीले नेपालको संविधानमा रहेर आफ्नो जिम्मेवारी निष्ठापूर्वक पुरा गर्ने बताइन् । सुदूरपश्चिम प्रदेश प्रमुख भएर आउनु पर्दा आफूलाई निकै खुशी लागेको भन्दै उनले प्रदेशवासी सबैको साथ र सहयोगको अपेक्षा समेत गरेको बताइन् ।

प्रदेश प्रमुखको पदभार ग्रहणमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूको सहभागिता थियो ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा सोमबार सातै प्रदेशका प्रमुखहरूलाई नियुक्त गरी मंगलबार सपथ ग्रहण गराएकी थिइन् । यसअघिका सातै प्रदेशका प्रमुखहरूलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

Image may contain: 5 people, people standing and outdoor

Image may contain: 8 people, including Shankar Bohara, people standing and outdoor

Image may contain: 8 people, including Chitrang Thapa, people standing and outdoor

Image may contain: 2 people, people standing

फेटोः दिपक नेपाल

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: