‘छोरी जन्मिएपछि सिस्नो झारीमा फाले’


१५ सन्तान जन्माउने आमा कुरा

प्रकाशित मिति :2019-11-07 14:53:50

-प्रकाश सिह-

बाजुरा । बाजुराकी बिस्ना गुरुङ बाटोमा यात्राका क्रममा थिइन् । उनी लेक (हमाली भेग) बाट श्रीमानसंगै औल (अली गर्मी हुने ठाउँ) झर्दै थिइन् । बाटोमै सुत्केरी भइन् । नवजात शिशु छोरी थिइन् । जन्मिएको सन्तान छोरी देखेपछि श्रीमान् श्रीमती दुबैले तत्काल निर्णय लिए –छोरीलाई त्यहीको सिस्नो झारी फाल्ने ।

हिउँ परिरहेको थियो । सिस्नो झारीमा फालेकी छोरी निकै रुन थालिन् । लगातार हिउँ परिरहेको थियो । नवजात शिशुलाई आमाजुले सिस्नोको झारीमा फालेको थाहा पाएपछि बिस्नाकी भाई बुहारी ८ घण्टापछि खोज्न गइन् । शिशु निकै रोइरहेकी थिइन् । उनले बच्चीलाई समातिन् र बिस्नालाई दिइन् । भगवानको बरदान, जति भए पनि मार्नु हुन्न पाप लाग्छ भनिन् । दूध चुसाउन भन्न थालिन् । ‘अनि शरीरभरी थुपरिएको बाक्लो हिउँ पुछपाछ गरेर दूध चुसाएँ’ बिस्नाले अलि पर बसेकी छोरीलाई औंलाले देखाउँदै भनिन्, ‘उ त्यही छोरी हो । अहिले १० मा पढ्छे ।’

बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ५४ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माईन् । जसमध्ये ८ जिबितै छन् भने ७ को मृत्यु भइसक्यो ।

त्यो बेलाको जमाना कति सन्तान जन्माउने ? कुनै योजना हुन्नथ्यो । घरको आर्थिक अवस्था पनि कमजोर भेडा पालेर गुजारा गर्नुपर्ने अवस्था । सन्तान जन्माउँदा जन्माउँदा लखतरान बिस्नाको ज्यान निकै कमजोर थियो । सन्तान पनि धेरै जन्मिसकेका थिए । कोही जीवित थिए, कोही जन्मदैं मरे । शारीरिक र मानसिक रुपमा गलेको बेला फेरि छोरी नै जन्मिएपछि श्रीमान् श्रीमतीले नै छोरीलाई फालेर मार्ने योजना बनाएको उनले बताइन् ।

बिस्नाका १५ वटै सन्तान कोही बाटोमा जन्मे । कोही गोठमा । कोही टहरोमा ।

यतिसम्म कि कहिलेकसो त सुत्केरी ब्यथा लाग्थ्यो । केही बेरमा बच्चा जन्मिन्थ्यो । सालनाल गरेर बच्चा बोकेर हिड्नुपर्दथ्यो । कारण थियो– दम्पगाउँ गाउँमा भेडा लिएर जानुपर्ने उनीहरुको बाध्यता । त्यही बेलामै जन्मिए कति सन्तान त ।

अहिले बिस्नाका श्रीमानको मृत्यु भइसकेको छ । सुत्केरी भएको बेला दुई छाक तातो खाना समेत नपाएको उनको ज्यान निकै कमजोर छ । निकै स्वास्थ्य समस्या भएका बेला मात्रै स्वास्थ्य चौकी जान्छिन् । दुई चार दिन औषधि खान्छिन् । निको भए जस्तो हुन्छ त हुन्छ फेरि उही अवस्था । तर पनि ८ सन्तानसहित आफ्नो पेट पाल्न दुःख गर्नै पर्यो । ‘राम्रो जग्गा जमिन छैन । आम्दानी केही छैन । ५० भेडा पालेकी छु । तिनै बेचबिखन गरेर यिनीहरुलाई पाल्छु’ बिस्नाले सुनाइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: