यी हुन् उप–निर्वाचनका उम्मेदवार महिला


प्रकाशित मिति :2019-11-08 12:28:50

–महिला खबर–

ललितपुर । आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि तीन जिल्लाबाट ९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार कास्की, बागलुङ, दाङ र भक्तपुरमा हुने उप निर्वाचनका लागि ६५ जनाको उम्मेदवारी परेको छ । जसमा महिलाको संख्या ९ जना मात्रै छ ।

निर्वाचन आयोगले हिजो कार्तिक २१ गते मनोनयन दर्ता गराउने समय तोकेकोमा सबैभन्दा बढी कास्की जिल्लामा महिलाको उम्मेदवारी धेरै छ ।

कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा ५ महिलाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २२ जना उम्मेदवारले मनोनयन दर्ता गरेकोमा ५ जना महिला उम्मेदवार छन् ।

नेकपाको तर्फबाट विद्या भट्टराई, साझा पार्टीको तर्फबाट रजनी के.सी, जमुना शर्मा (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट गंगा मल्ल र लक्ष्मीकुमारी भुजेल (स्वतन्त्र) ले उम्मेदवारी दर्ता गराएका छन् ।

जमुना शर्मा विवेकशिल नेपाली दलको तर्फबाट उम्मेदवार रहे पनि निर्वाचन कार्यलयमा दल दर्ता नभएका कारणले उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को १ मा प्रदेश सभा सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ती मध्ये तीन जना महिला छन् । तिनै जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्रबाट सुमना कार्की, संगिता पौडेल आचार्य, सुजाता देउजाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

दाङ जिल्ला निर्वाचन क्षेन नम्बर ३ को २ मा प्रदेश सभा सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जहाँ एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की बिमला कुमारी खत्रीले उम्मेदवारी दर्ता गराएकी छन् ।

बागलुङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को २ मा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा १० जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार बागलुङमा एक जना महिलाको पनि उम्मेदवारी दर्ता भएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: