निर्वाचन र आम सञ्चार विषयमा कार्यशाला


प्रकाशित मिति :2019-11-08 18:20:43

-महिला खबर-

रुपन्देही । पत्रकार महिलाका लागि निर्वाचन र आम सञ्चार विषयक कार्यशाला रुपन्देहीमा आजदेखि शुरु भएको छ ।

युएनडीपी, संयुक्त राष्ट्र संघ निर्वाचन सहयोग कार्यक्रम, युनेस्को, निर्वाचन आयोगको सहयोगमा सञ्चारिका समूह नेपालले आयोजना गरेकोे कार्यशालामा प्रदेश नं ५ का जिल्लाहरूमा कार्यरत २७ जना पत्रकार महिलाहरूको सहभागिता रहेको छ ।

तालिमको शुभारम्भ गर्दै सञ्चारिका समूहका पूर्व अध्यक्ष बबिता बस्नेतले पत्रकारहरूले कुनै एक विषयमा समाचार संकलन गरेर मात्र नपुग्ने भएकाले सबै विषयमा जानकार हुन आवश्यक रहेको बताइन् ।

जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले निर्वाचन प्रकृया र प्रणालीबारे पत्रकारहरू सचेत भएमात्रै जनतामा सही सूचना जाने बताए ।

सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकारितालाई जनतामाझ विश्वासिलो बनाउन निर्वाचन सम्बन्धमा गरिने सबै सामाग्री तथ्यपरक हुनुपर्ने भएकाले पत्रकार महिलाहरूलाई कार्यशाला आयोजना गरिएको जानकारी दिइन् ।

रुपन्देहीको मणिग्राममा आयोजित ३ दिने कार्यशालामा नेपाली मिडियाको अवस्था र मिडिया नीति, निर्वाचनमा मिडियाको भूमिका, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन, सामाजिक सञ्जाल र महिला पत्रकारहरूको सुरक्षा अवस्था लगायतका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने सञ्चारिका समूहका महासचिब बिमला तुम्खेवाले जानकारी दिइन् ।

कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहका पूर्व अध्यक्ष बस्नेत, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका प्रमुख भण्डारीले प्रशिक्षण दिने कार्यक्रम छ ।

कार्यशालाको अन्तिम दिन प्रदेश नं ५ का राजनीतिज्ञ महिलाहरूसंग अन्तक्रिया कार्यक्रम राखिएको सञ्चारिका समूहका कार्यक्रम संयोजक रुपा बस्नेतले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: