गर्भपतनपछि १२ वर्षे बालिकाले भनिन्, ‘नाइँ, मु बस्तैन याँ’


मन्त्रीले भेटिन् बलात्कृत बालिका

प्रकाशित मिति :2019-11-10 14:40:08

-महिला खबर-

पत्रकारः भाउ, निकी छै क्या ? (बहिनी, सञ्चै छौं ?)
उनीः मुसुक्क हाँस्छिन् मात्रै । टाउको हल्लाउँछिन् र सन्चै छु को भान दिलाउँछिन् ।
पत्रकारः जेठा बुबा काँ ग्या ? (ठूलो बुबा कहाँ जानु भो ?)
उनीः काँ पो गया । (कता पो जानु भो)
पत्रकारः भात खाइहेली ? (भात खाइसक्यौ ?)
उनीः औं । (अँ)
……..
काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको चौथो तल्ला । तीन दिन अघि ५ महिनाको गर्भपतन गरेपछि अस्पतालबाट डिस्चार्ज हुने अवस्थाकी अछामकी १२ वर्षीया बालिकासँग आज बिहान ११ बजे पत्रकार इन्द्रसरा खड्काले अछामी भाषामा गर्दै गरेको कुराकानीको अंश हो यो ।

बौद्धिक अपांगताकी उनलाई गर्भपतनको कुनै पीडा बोध नै छैन । न त छ उनलाई शिशु गुमाउँदाको दुःख । आफ्नै शरीरको दुखाइसमेत राम्ररी महसुस नहुनेलाई मानसिक पीडाबारे त झन् के मतलब हुनु र ? त्यसैले त उनी जसलाई देख्छिन्, एकोहोरो हेरिरहन्छिन् र फिस्स हाँस्छिन् मात्रै । उनी अस्पतालको बेडमा छिन् र मात्रै हो, नत्र भने उनको मुहारको हाँसोले उनलाई केही दुःख छ भन्ने कुरा कल्पनै गर्न सकिन्न । उनलाई कुनै सुर्ता नै छैन जस्तो ।

कार्तिकको पहिलो साताको कुरा हो, बालिकालाई कुकुरले टोक्छ । उपचारका लागि अस्पताल लगिन्छ । अस्पतालको रिपोर्ट सुनेर उनको परिवारको होसहवास उड्छ । किनकी अस्पतालले बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको जानकारी दिन्छ । घटना बारे प्रहरीलाई खबर गरेपछि प्रहरी पेट बोकाउने व्यक्तिको पहिचान गर्न जुट्छ ।

धेरै राम्ररी बोल्न पनि नसक्ने । आफूलाई कसले के गरेको छ भन्न पनि नसक्ने अवस्थाकी उनलाई आफूलाई यस्तो अवस्थामा कस्ले पुर्यायो ? केही थाहा छैन । उनी केही बोल्दिनन् । यसो भएपछि बाआमा मात्रै होइन, सिंगो गाउँ नै चिन्तित हुन्छ । र प्रहरीको सहयोगमा गर्भपतनका लागि गत हप्ता एक प्रहरी महिलासहित काठमाडौंस्थित थापाथली अस्पताल ल्याइन्छ ।

प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार दुई दिन अघि (शुक्रबार) बालिकालाई ब्यथा लगाएर गर्भपतन गराइएको छ ।

लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । यद्यपि जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भने गर्भपतन गराउँन मिल्छ ।

पत्रकार इन्द्रसराले उनीसँग फेरि सोधिनः भाउ, आज लादो दुख्याको छ कि नाइँ ? (बहिनी, आज पेट दुखेको छ कि छैन ?)

उनीः नाइँ

पत्रकारः घर बाइजान्या होइ कि, याँइ बस्न्या है ? (घर गैहाल्छौं कि यतै बस्ने हो ?)

उनीः नाइँ, मु बस्तैन याँ । बाइजान्या हुँ । याँ निको नाइ । (काठमाडौं बस्दिन म । घर गैहाल्छु । यता राम्रो छैन ।) 

उनलाई काठमाडौं मन परेन रे । यहाँ भन्दा त अछाम, आफ्नै गाउँ राम्रो भन्छिन्, उनी । त्यसैले यहाँ बस्न मन छैन उनलाई ।

छोटो, कालो कपाललाई दुईतिर रबरले बाँधिएको छ । मेक्सीमाथि पटुका बाँधिएको छ । उनका हात घरी पटुकातिर जान्छन्, घरी बेडमै रहेको गुलाबी रंगको सानो गुडिया (बार्बी डल) तिर । उनी त्यही गुडियालाई समातेर कतिबेला आफ्नो गालामा टाँस्छिन् अनि फेरि बेडमै राख्छिन् ।

अथाह पीडाको भारीले थिचिरहँदासमेत कुनै मतलब छैन उनलाई । त्यसैले त उनको त्यो निर्दोष अनुहारमा झल्किरहेने हाँसो देखेर अस्पतालको त्यही वार्डमा रहेका अन्य बिरामी पनि उनलाई हेरिरहन्छन् । र भन्छन्, ‘कस्ती मायालाग्दी । को पापी होला यस्तो हालत बनाउने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: