ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै बनाउँछौः मन्त्री अर्याल


प्रकाशित मिति :2019-11-13 10:37:08

विरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन् । ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन’ उनले भनिन्, ‘ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ ।’

मन्त्री अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने पनि बताएकी छन् । पर्साको विरजञ्जमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को वार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आएकी हुन् ।

भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेख पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरू जुटाउँदै गरेको छ । लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरू भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिने उनको भनाइ थियो । मन्त्री अर्यालले भनिन्, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’

लोकतन्त्र प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन, कामको प्रतिफल देखिने गरी काम गर्छ ।’

सरकारले गरेका राम्रा कामको सही प्रचार हुन नसकोको उनको गुनासो छ । राम्रा कामको ठोस कुरा जनतामा लान पार्टी कार्यकर्तालाई उनले सुझाव दिइन्् । सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ आग्रह गरिन् ।

स्थानीय पार्टीका नेता कार्यकर्ताले उठाएका सवालहरूलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफूले पनि निगरानी राख्ने बताइन् । जनअपेक्षा विपरित भएको कुनै काम आफूलाई मान्य नहुने भन्दै मन्त्री अर्यालले पार्टीका नेता कार्यकर्ताबाट पनि सकारात्मक सुझाव हुनुपर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: