बालिकालाई घरमै सेनेटरी प्याड बनाउने तालिम


प्रकाशित मिति :2019-11-15 11:18:17

कैलाली । सिमान्तकृत बालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बेस कैलालीले बालिकाहरुलाई घरमै सेनेटरी प्याड बनाउने तालिम दिइरहेको छ । सिमान्तकृत बालिकाहको शिक्षामा सहयोग परियोजना अन्तर्गत बेसले २९ जना बालिकालाई प्याड बनाउने तालिम दिएको हो ।

विद्यालयमा स्कुल पढ्ने बालिकाहरुलाई घरेलु प्याड बनाउन सिकाई रहेको बेस कैलालीका स्टेम परियोजनाका जिल्ला संयोजक लक्ष्मण चौधरीले जानकारी दिए ।

किशोरीहरु महिनावारी भएको बेला घरमै उत्पादित प्रभावकारी प्याड प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले कम खर्चमा घरेलु प्याड बनाउन सिकाएको उनले बताए । बालिकाहरुलाई प्याड बनाउने कच्चा पर्दाथ सबै परियोजनाले उपलब्ध गराईरहेको पनि उनले जानकारी दिए ।

विशेष खालको सुतीको कपडाबाट बनेको प्याडमा कुनै संक्रमण नहुने चौधरीको दाबी छ ।

‘छोरी पढाउँ, गरिबी हटाउँ’ भन्ने मूल नारासहित दोस्रो स्टेम उत्सब मनाउँन लागेको र उक्त उत्सवमा बालिकाहरुले बनाएका प्याड पनि प्रर्दशन गरिने चौधरीले बताए ।

आज कात्तिक २९ गते हुने उत्सवमा ३० वटा सामुदायीक विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र संघसंस्था गरि ७ सय जनाको सहभागीता हुने कार्यक्रम संयोजक नविन लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: