१६ दिने अभियानको राष्ट्रिय नारा तय


प्रकाशित मिति :2019-11-17 13:58:54

–महिला खबर–

ललितपुर । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा तय भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्षको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको नारा तय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार मन्त्रालयले ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ नारा तय गरेको छ ।

देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताए ।

पौडेलले राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको योजना छ ।

यस्तै विश्वभर भने “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईंदै छ ।

लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: