–महिला खबर–
ललितपुर । खाना पकाउने ग्यासमा आगलागी हुँदा जलेकी महिलाको उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरिएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ की २० वर्षीया कविता कुमारी यादवको आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि परिवारले सहयोगका लागि अपिल गरेको हो ।
कविताका श्रीमान् प्रमेश्वरकुमार यादवका अनुसार कविताको पेटमा तीन महिनाको गर्भसमेत छ ।
१० दिन अघि बिहान ९ बजेको समयमा खाना पकाउने क्रममा ग्यासको पाइपबाट ग्यास निस्किदा आगलागी भएको थियो । आगोबाट कविताको घाँटीभन्दा तलको भाग जलेको छ ।
कवितालाई अहिले किर्तिपुर अस्पतालको आइसीयू कक्षमा राखिएको छ । भने आज एउटा अपरेसन छ ।
परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । गाउँमै दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने परमेश्वर पनि श्रीमतीको उपचारका लागि काठमाडौं अस्पतालमै बस्नु परेपछि सामान्य औषधिको जोहो गर्न पनि निकै कठिनाइ भएको छ ।
“अहिलेसम्म डेढ लाख भन्दा बढी खर्च भइसक्यो । डाक्टरले औषधि किन्ने पुर्जा हातमा दिनुभएको छ । कसरी किन्ने थाहा छैन” परमेश्वरले महिला खबरसँंगको टेलिफोन कुराकानीमा भने, “हजुरले सहयोग जुटाइदिनुपर्यो । मेरो श्रीमती बचाइदिनुपर्यो ।”
परमेश्वरलाई चिकित्सकले कविताको अरु ३-४ वटा अपरेसन गर्नुपर्ने भनेका छन् । त्यसका लागि करिब ४ लाख रकम लाग्छ । तर आफूसँग एक सुको नभएको अवस्थामा यत्रो रकम कहाँबाट ल्याउने भनेर निकै चिन्तामा रहेको परमेश्वरले बताए ।
उनले आर्थिक अभावमा आफ्नी श्रीमतीको ज्यान जान नदिनका लागि सके जती सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
कवितालाई सहयोग गर्न चाहानेले उनका श्रीमान् परमेश्वर (9817778812) र मामा सरोजकुमार यादव (9824339832) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Comment Here!