महिला उद्यमीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्छः आयुक्त तिम्सिना


महिला उद्यमीहरुको प्रथम भेला सकियो

प्रकाशित मिति :2019-11-21 13:56:04

–महिला खबर–

ललितपुर । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले महिला उद्यमीहरूले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानको कदर हुनुपर्ने बताएकी छन् ।

महिला उद्यमीहरूको प्रथम राष्ट्रिय भेलाको समापन कार्यक्रमका प्रमुख अतिथि तिम्सिनाले आफ्नै लगानीमा व्यवसाय सुरु गरि जीविकोपार्जन गरिरहेका महिलाहरूको त्याग, संघर्ष र योगदानको पहिचान गरि सम्मान हुनुपर्ने बताइन् ।

Image may contain: 1 person, standing

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रयास गरे सफलता टाढा नभएको भन्दै महिलाहरूले थोरै भए पनि आफ्नै व्यवसाय गरे कसैको हिंसा सहनु नपर्ने बताइन् ।

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्ने उद्देश्यले आयोजित भेलामा सातवटै प्रदेशका साना तथा मझौला गरी एक हजार महिला उद्यमीको सहभागिता रहेको आयोजक महिला उद्यमी महासंघ नेपालले जानकारी दिएको छ ।

महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजालले भेला आयोजनाले ग्रामीण तथा सहरी महिला उद्यमीलाई एउटै थलोमा उपस्थित गराएर उद्यमलाई प्रोत्साहन गर्न सहयोग मिलेको बताइन् ।

मंसिर ३ र ४ गते भएको भेलामा मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न महिला उद्यमीले खेलेको भूमिका तथा योगदानबारे छलफल भएको आयोजकले जनाएको छ ।

भेलाको दोस्रो दिन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सानो लगानीबाट व्वसाय सुरु गरि सफल भएका व्यवसायी महिलाहरूले आफ्नो व्यवसाय स्थापना गर्न परिवार र समाजसँग गरेको संघर्ष सुनाएका थिए ।

कार्यक्रममा सूचना र प्रविधि, जलविद्युत, कृषि, पर्यटन, हस्तकलाका क्षेत्रमा योगदान पु¥याएका महिला उद्यमी, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघलगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको पनि अध्यक्ष रिजालले बताइन् ।

Image may contain: 1 person, standing

Image may contain: 9 people, people smiling, people standing and outdoor

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: