प्रविधिको सही प्रयोग गर्न किशोरीको सुझाव


प्रकाशित मिति :2019-11-24 12:54:11

बाँके । साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरेर मात्र सामाजिक सञ्जालमा आफ्नो विचार राख्न किशोरीहरुले सुझाव दिएका छन् ।

प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा नं.६ को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरी क्लबका पदाधिकारीका लागि साईबर कानून र सामाजिक सञ्जालमार्फत लेख प्रकाशनसम्बन्धि तालिममा किशोरीहरुले यस्तो सुझाव दिएका हुन् ।

नरैनापुर गाउँपालिका वडा नं. ६ का वडा सचिव जिवनलाल यादवले किशारीहरुलाई यो तालिमले साईबर अपराधबाट बच्न र आफ्ना विचारहरु कसरी सामाजिक सञ्जालमा पोस्ट गर्ने भन्ने बारेमा सचेत हुन सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी दिनुका साथै सामाजिक सञ्जालबाट कसरी सुरक्षित रहने उपाय र साईबर कानून बारे प्रशिक्षण दिएका थिए ।

स्याक नेपालका सुपरभाईजर त्रिभुवन प्रसाद यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायका बारेमा जानकारी गराएका थिए ।

सृजनशील किशोरी क्लबका उपाध्यक्ष करुणा विकले सामाजिक सञ्जाल चलाउने सबैले साइबर कानूनको बारेमा जानकारी राख्नैपर्ने रहेछ भन्ने कुरा जानकारी पाएको बताइन् ।

समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालनमा मद्धत पुग्ने उद्देश्यले तालिम आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी बताए ।

तालिममा नरैनापुर गाउँपालिका वडा नं.६ का सृजनशील किशोरी क्लबका २५ जना किशोरीको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: