बलात्कार कसुरमा १० वर्ष कैद


प्रकाशित मिति :2019-11-25 10:41:37

-लेखनाथ खतिवडा-

पाँचथर । ४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाँचथरले १० वर्ष कैदको फैसला गरेको छ । फिदिम नगरपालिका ६ का ४५ वर्षीय सरेन्द्र कुगेनाम्बालाई मंसिर ५ गते जिल्ला न्यायाधिश मोहनराज भट्टराईको इजलासले कैद फैसला गरेको हो ।

अदालतले कसुरदारबाट २५ हजार रुपैयाँ असुल गरी पीडितलाई क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबानासमेत भराउन फैसला गरेको जनाएको छ । आरोपित साउन १६ गतेदेखि पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

कुगेनाम्बाले महिलालाई २०७६ असार २४ गते बलात्कार गरेको भन्दै असार २५ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।

प्रहरीले उनलाई असार २५ गते नै गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण तथा उपचार असार २५ गते नै जिल्ला अस्पतालमा गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: