–महिला खबर–
ललितपुर । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन आज काठमाडौंमा र्याली प्रदर्शन गरिएको छ । राष्ट्रिय महिला आयोग लगायत अधिकारवादी संघसंस्थाको आयोजनामा र्यालीको आयोजना गरिएको हो ।
बिहान ७ बजे काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहबाट शुरु भएको र्याली बजार परिक्रमापछि सभा गृहकै अगाडि पुगेर समापन भएको थियो ।
‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ राष्ट्रिय नाराकासाथ आयोजित र्यालीमा अधिकारकर्मी, सर्वसाधारण, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा ‘अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप’ रहेको छ ।
Comment Here!