बेइजिङ कार्ययोजनाको २५ वर्षको समिक्षा


प्रकाशित मिति :2019-11-26 10:32:30

-महिला खबर-

ब्याङ्कक । बेइजिङ कार्ययोजनाको २५ वर्ष पुग्न लागेको अवसरमा यो अवधीमा हासिल भएका उपलब्धी र गर्न नसकेको कामका बारेमा एशिया प्रशान्त क्षेत्रको समिक्षा थाइल्याण्डको राजधानी व्याङ्ककमा सुरु भएको छ ।

मंसिर ८ देखि १० गते (नोभेम्बर २४ देखि २६) सम्म ३ दिन एशिया प्रशान्त क्षेत्रका नागरिक समाजले यो २५ वर्षमा पाएका र पाउन नसकेको उपलब्धीका बारेमा समिक्षा गरेका छन् ।

यसैगरि मसिंर ११ देखि १३ (नोभेम्बर २७ देखि २९) गतेसम्म बेइजिङ कार्ययोजना कार्यान्वयन गरिरहेका एशिया प्रशान्त क्षेत्रका सरकारहरुले कामको समिक्षा गर्ने कार्यक्रम छ । यूएन ओमनको पहलमा भएको यो समिक्षा यो क्षेत्रका लगभग ३ सय नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा आप्रवासनका कारण महिलाले भोग्नु परेका समस्यादेखि जलवायू परिवर्तनका कारण महिलाहरुमा परिरहेको असरलगायतका बेइजिङ कार्ययोजनाले समेटेका १२ वटा महत्वपूर्ण बिषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

समानान्तर पुस्ताः समान भविष्यका लागि साकार महिला अधिकार भन्ने नारा सहित सुरु भएको यो समिक्षाका लागि आयोजित यो क्षेत्रिय सम्मेलन घोषणापत्र जारी गर्दै १४ गते सकिने छ ।

सन १९९५ मा चीनको वेइजिङमा महिला अधिकार प्राप्तिमा अवरोध मानिएका बिभिन्न समस्या पहिचान गरि यसमा सुधार गनृूपर्ने आश्यकतासहित १२ वटा महत्वपूर्ण क्षेत्र तय गरेको थियो ।

सबैभन्दा धेरै महिला सहभागितासहित सम्पन्न्न चौथो महिला विश्व सम्मेलनले गरीबी, शिक्षा, स्वास्थ्य, हिंसा, शसस्त्र द्वन्द्व, संचार, वातावराणलगायत १२ व६ा क्षेत्रमा बिशेष हस्तक्षेपकारी योजना बनाइ सुधारका लागि निर्देश गरेको थियो । बेइजिङमा सम्पन्न उक्त चौंथो विश्व सम्मेलनले तय गरेका यी १२ वटा महतवपूर्ण क्षेत्रमा सुधार गर्न १८९ देशले प्रतिवद्धता जनाएका थिए ।

बेइजिङ कार्ययोजनाको २५ वर्ष पुगेको अवशरमा आउँदो मार्चमा आयोजना हुने संयुक्त राष्ट्रसंघ अन्र्तगत महिलाको अवस्था सम्बन्धि आयोग – Commission on Status of Women CSW मा छलफल हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: