घोषणा पत्र जारी गर्दै बेइजिङ कार्ययोजनाको समिक्षा सम्मेलन सम्पन्न


समान भविष्यका लागि महिला अधिकार उच्च प्राथमिकतामा

प्रकाशित मिति :2019-11-30 16:52:17

-महिला खबर-

ब्याङ्कक् । समान भविष्यका लागि महिला अधिकारलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धतासहति बेइजिङ कार्ययोजनाको समिक्षा गर्न आयोजित ३ दिने मन्त्रस्तिरीय सम्मेलन सकिएको छ । गएको बुधवारदेखि सुरु भएको सम्मेलन ७४ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको हो ।

एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनले जारी गरेको घोषणा पत्रमा महिला हिंसाका नयाँ आयामहरु जस्तै जलवायू परिवर्तन, प्रबिधि, प्रकोप, बढ्दो शहरीकरण र देशहरुबीच बढेको असमानताले निम्त्याएका हिंसाको सम्बोधन सुस्त भएको औंल्याएको छ ।

गरिवी निवारणमा महिलाको योगदान महत्वपूर्ण भएको भन्दै सवै संरचना, पद्दती, सार्वजनिक सेवा र सामाजिक सुरक्षा सुनिश्चित गर्न यो क्षेत्रका सरकारले आव्हान गरेका छन् । महिलाको आर्थिक शसक्तिकरण गर्न सम्पूर्ण औपचारिक आर्थिक क्षेत्रमा महिलाको कामलाई एकिकृत गर्न आफूहरु प्रतिवद्ध भएको उनीहरुले घोषणा पत्रमा जनाएका छन् ।

कानुनी र सामाजिक सुरक्षाको दायरा बढाउने सुनिश्चित गर्दै सवैलाई समान शिक्षाको अवशर, कामको सम्मान र कामको उपयुक्त वातावरणको सुनिश्चित गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । परम्परागत मुल्यमान्यता, विभेदकारी सामाजिक व्यवहार, संरचनागत रुपमा विद्यमान महिला र पुरुषबीचको असमान शक्ति सम्बन्ध अन्त्य गर्न यो क्षेत्रका सरकार प्रतिवद्ध रहेको जनाईएको छ । लैगिंक अन्तर कम गर्नका लागि राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गर्न आफूहरु तयार रहेको उनीहरुले जनाएको छन् ।

समान समावेशी विकास र कामको सम्मानका लागि गरिवी निवारण सामाजिक र सार्वजनिक सेवामा संरक्षण, हिंसारहित समाज निर्माणका लागि आफूहरु सरोकारवालासँग काम गर्न तयार रहेको घोषणापत्रमा उल्लेख छ । यो सम्मेलनमा सहभागी ५० देश मध्ये ३७ देशका सरकारी प्रतिनिधिले घोषणापत्रको पक्षमा मत दिएका थिए भने अमेरिकाले विपक्षमा मत दिएको थियो । घोषणा पत्रमा उल्लेख गरिएको महिलाको प्रजनन् अधिकारको बुँदा प्रति असहमति जनाउँदै अमेरिकाले गर्भपतनले बच्चाको बाँच्न पाउने अधिकार हनन् गरेको र अमेरिका यसको बिरोध गरेर कहिल्यै नथाक्ने भन्दै यो घोषणापत्रको विपक्षमा मत दिएको थियो भने अन्य १२ देशका सरकारी प्रतिनिधि अनुपस्थित भएका थिए । मंसिरको ८ देखि १० गते (नोभेम्बर २४ देखि २६) सम्म ३ दिन एशिया प्रशान्त क्षेत्रका नागरिक समाजले यो २५ वर्षमा पाएका र पाउन नसकेको उपलब्धीका बारेमा समिक्षा गरेका थिए भने मसिंर ११ देखि १३ (नोभेम्बर २७ देखि २९) गतेसम्म बेइजिङ कार्ययोजना कार्यान्वयन गरिरहेका एशिया प्रशान्त क्षेत्रका सरकारहरुले महिला अधिकार प्राप्तिमा गरिरहेको सरकारी पहल, सफलता र चुनौतिको समिक्षा गरेका थिए।

राष्ट्रसघं एशिया प्रशान्त क्षेत्रका र आर्थिक सामाजिक आयोग र यू एन वीमेनको पहलमा भएको यो समिक्षा यो क्षेत्रका ५० देशका लगभग ६ सय सरकारी र नागरिक समाजका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा महिलाका बहुआयाकि बिषयमा लगभग २५ वटा भन्दा बढी समानान्तर अन्र्तक्रिया आयोजना गरिए । प्रविधिले महिलामा पारेको असरदेखि आप्रवासनका कारण महिलाले भोग्नु परेका समस्या, जलवायू परिवर्तनका कारण महिलाहरुमा परिरहेको असर, महिलाको घरभित्रको कामको मुल्याङ्कनलगायतका बेइजिङ कार्ययोजनाले समेटेका १२ वटा महत्वपूर्ण बिषयमा केन्द्रित रहेर छलफल भए ।

सन १९९५ मा चीनको वेइजिङमा महिला अधिकार प्राप्तिमा अवरोध मानिएका बिभिन्न समस्या पहिचान गरि यसमा सुधार गनृूपर्ने आश्यकतासहित १२ वटा महत्वपूर्ण क्षेत्र तय गरेको थियो । यी १२ वटा विषयमा २५ वर्र्षमा महिला अधिकारको क्षेत्रमा प्राप्त उपलब्धि र हुन नसेकेकाका बिषयका बारेमा एशिया प्रशान्त क्षेत्रका नागरिक समाज र सरकारले समिक्षा गरेका हुन् । सवै भन्दा धेरै महिला सहभागितासहित चीनको बेइजिङमा सम्पन्न्न चौथो महिला विश्व सम्मेलनले गरीबी, शिक्षा, स्वास्थ्य, हिंसा, शसस्त्र द्वन्द्व, संचार, वातावराणलगायत १२ वटा क्षेत्रमा बिशेष हस्तक्षेपकारी योजना बनाइ सुधारका लागि निर्देश गरेको थियो । बेइजिङमा सम्पन्न उक्त चौंथो विश्व सम्मेलनले तय गरेका यी १२ वटा महतवपूर्ण क्षेत्रमा सुधार गर्न १८९ देशले प्रतिवद्धता जनाएका थिए । एशिया प्रशान्त क्षेत्रका सरकारलेतयार गरेको यो घोषणा पत्र आउँदो मार्चमा आयोजना हुने संयूक्त राष्ट्रसंघ अन्र्तगत महिलाको अवस्था सम्बन्धि आयोग – Commission on Status of Women CSW मा प्रस्तुत गरिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: