नितान्त, एक्लो म


प्रकाशित मिति :2019-12-01 12:16:10

ती छिप्पीएका हातहरू, मेरा भर्खरै जन्मेका छातिहरूमा दौडिरहँदा
त्यो असाध्यै दुखाईमाथि म बारम्बार छट्पटाईरहँदा
कठै तलाई कस्तो गाह्रो भयो भनेर सान्त्वना दिने कोही भएनन्
आफ्नो भनेर भरोसामा पछि लागेकी म सोझी छोरीलाई, छोरीको साईनो नै तोड्ने त्यो नरपशुलाई एक लात दिएर ढाल्ने कोही भएनन्,
त्यसैले त मैले सहँदै गएँ, उसले अन्याय गर्दै रह्यो
म मर्र्दै गएँ, उ छाती फुकाएर हिँडिरह्यो ।

ढाडमा थप्थप्याउँदै स्यावासी दिने निहुँमा, मेरा ब्रा का फिताहरूमा उसका हातहरू घुमिरहँदा
ती हातले स्याबासी भन्दा कैयौं गुना बढी मेरो आत्मालाई रुवाईरहँदा
कठै ती आत्मामा कति चोट पुगे होलान भनेर मेरो आत्माको पुकार सुन्ने कोही भएनन्
कक्षा कोठामै जुरुक्क उठेर उसलाई एक झापड लाउन शाहस दिने कोही भएनन्
त्यसैले त मैले सहिरहेँ, आत्मालाई रुवाईरहेँ
उसले भने मलाई जस्तै मेरा सबै साथीहरूलाई छुने आँट गरीरह्यो, अनि अझै गर्व गरेर हिँडिरह्यो ।

हिरा दाहाल

शरीरमा कसैको हात सल्बलाएको आभास भई निन्द्राबाट भल्याँस्स ब्यूँझदा
कल्पनै गर्न नसकिने त्यस्तो मान्छे मेरो आँखा अगाडिबाट फुत्त भाग्दा,
ज्यूँदो लास बनेको मेरो शरीरलाई ब्यूँताउने कोही भएन,
ओछ्यानबाट जुरुक्क उठेर गाला चड्काई दे भनेर ढाडस दिने कोही भएन,
त्यसैले त म ढुंगोसरह रोकिरहेँ, आतिईरहेँ अनि आगोसरह जल्दै रहेँ,
उ भने पवित्र ब्यक्ति बनेर बाँचिरह्यो,
म जस्ता कैंयौं छोरीहरूलाई शिकार बनाईरह्यो,

ठेलमठेल गाडीमा कोच्चिएर रिङ्गरोडको यात्रा गरिरहँदा
उसका हातहरू बारम्बार मेरा संवेनलशिल अंगहरूमा दौडिईरहँदा
कठै मलाई कति अत्यास लाग्यो होला भनेर सान्त्वना दिने कोही भएन,
उसलाई च्याप्प समातेर पाता कसीदिन सघाउने कोही भएन,
त्यसैले म काँपिरहेँ, आत्तिरहेँ र बसबाट कहिले झर्न पाईएला भनेर हतारिरहेँ,
उ भने अझै हिम्मत गरि बसिरह्यो, अरु दिदीबहिनीहरूलाई समेत दुब्र्यवहार गरिरह्यो,
र ढक्क छाती फुलाएर असल मानिसको परिचय दिई बाँचिरह्यो ।

जति दबाउनु थियो, दवाईसकेँ ती पीडाहरूलाई
जति दुखाउनु थियो दुखाईसकेँ, ती आत्माहरूलाई
अब पाउने छैनन् ती नरपिचाशले गिद्धे आँखा लाउन
ती तर्सनेछन् केटीहरूलाई बस्तुको रुपमा व्यवहार गर्न ।

किनकि,
अब हामीमा पनि शाहस बढेको छ,
अन्याय विरुद्ध लड्दा साथ दिनेहरूको जमात छ,
हिंसारहित समाज बनाउने हातहरू बढेको छ,
अनि, हिंसारहित जीवन जिउन पाउने आधार बनेको छ,
अन्याय विरुद्ध लड्ने आँटहरू बढेको छ ।

(दाहाल, छोरी संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: