अछामः यी हुन् छाउगोठमा ज्यान गुमाउने १४ महिला


प्रकाशित मिति :2019-12-03 13:28:07

–महिला खबर–

ललितपुर । अछाममा महिनावारीका बेला छाउगोठमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जनक शाहीका अनुसार अछामको साँफेबगर नगरपालिका–३, सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको हो ।

मूलघरबाट एक सय मिटर जति टाढा रहेको सानो छाउ घरमा सोमबार बिहान बुढाको शव भेटिएको हो । बिहान साढे सात बजेसम्म पनि उनी गोठबाट ननिस्किएपछि मृतक रावतका जेठाजु उनलाई बोलाउन गएका थिए । त्यसपछि पनि केही प्रतिक्रिया नपाएपछि उनैले ढोका फोडेका थिए । त्यसरी हेर्दा भाइबुहारीको मृत्यु भएको देखेपछि उनले वडा अध्यक्षलाई खबर गरे । त्यसपछि वडा अध्यक्षले नजिकको प्रहरी चौकीमा खबर गरिदिएका थिए ।

मृतकका पति ६ महिनादेखि भारतको मुम्बईमा रहेको बताइएको छ ।

पछिल्लो १० वर्षको अवधिमा अछाममा छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या १४ पुगेको छ । महिनावारी भएका बेला छाउगोठमा बसेका महिलाको निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर मृत्यु भएको देखिन्छ ।

मृत्यु हुने महिला र स्थान

पार्वती बुढा रावत– सिद्देश्वर
पार्वती बुढा – तुर्माखाद
गौरी बुढा – तुर्माखाद
रोशनी तिरुवा – गाज्रा
डम्मरा उपाध्याय – तिमिल्सैन
शर्मीला भूल – रिडिकोट
लक्ष्मी बुढा – ढकारी
झुमादेवी शाही – बारला
डिक्रादेवी ढकाल – वीरपथ
रतनदेवी विक – पायल
झुप्री ढोली – पायल
पार्वती दमाई – पायल
हंसा जैशी – नाडा
हंसदेवी जोशी – रानीवन

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) मा रजस्वला वा सुत्केरीको अवस्थामा छाउगोठमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था कानुनले गरेको छ।

अछाममा १० नगरपालिकाका ९१ वटा वडामध्ये ३१ वटा वडालाई छाउपडी मुक्त घोषणा गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: