मेयर एसपिए कप भलिबल प्रतियोगिता सुरु


प्रकाशित मिति :2019-12-04 12:01:47

धनगढी । धनगढीमा मेयर एसपिए कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको मंगलबार सुदुरपश्चिमाञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्र शाहीले उद्घाटन गरे । तीन दिनसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भएको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिमाञ्चल एकेडेमी विजयी भएको छ । एकेडेमीले अत्तरियाको दुर्गालक्ष्मी वहुमुखी क्याम्पसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । वेष्ट अफ फाईवको आधारमा भएको खेलमा एकेडेमीले २५–१६, २५–१७ र २५–९ को सेटमा एसपिएले दुर्गालक्ष्मीलाई किनारा लगाएको हो ।

प्रतियोगिता अन्तर्गत वुधवार लिग चरणका आठ बटा खेल हुने प्रतियोगिताका संयोजक भागिराम वखरियाले जानकारी दिनुभयो । तेस्रो दिन विहीवार सेमिफाईनल र फाईनल खेल हुने संयोजक बखरियाले बताए । जिल्लाभरीका ७ टीमको सहभागिता रहेको मेयर एसपिए कप अन्तर क्याम्पस महिला भलिबल प्रतियोगिता लिगकम नकाउटका आधारमा सञ्चालन भईरहेको छ ।

समूह ए मा सुदुरपश्चिमाञ्चल एकेडेमी, दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, एक्सीस विद्याश्रम र विरेन्द्र विद्या मन्दिर टीकापुर रहेका छन । समूह बी मा कैलाली वहुमुखी क्याम्पस, दुर्गालक्ष्मी उच्च मावि र जनता नमुना मावि कैलारी गाउँपालिका रहेका छन् । दुवै समूहका विजेता र उपविजेता सेमिफाईनल पुग्नेछन् ।

सेमिफाईनलमा एमुह ए को विजेता र समूह वी को उपविजेता तथा समूह वी को विजेता र ए को उपविजेता प्रतिस्पर्धा गर्नेछन । जित्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी उपमहानगरपालिकाको सहयोगमा भईरहेको प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ र तेस्रो हुने टीमले नगद १२ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: