बोक्सी आरोपमा दोलखाका एक दम्पत्तीलाई टोल सुधारको भेलाबाट सामाजिक बहिष्कार


प्रकाशित मिति :2019-12-06 12:55:20

–महिला खबर–

ललितपुर । गाउँलेले बोक्सा बोक्सी भन्दै सामाजिक बहिष्कार गरेपछि दोलखाका एक दम्पत्ती न्याय खोज्दै राजधानी पुगेका छन् ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याखुका रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ बोक्सा बोक्सी आरोपमा गाउँलेले यातना दिएपछि न्यायका लागि दुईसाता अघि राजधानी पुगेका हु्न । राजधानीमा उनीहरु छोराको आश्रयमा छन् ।

टोल सुधार समितिले मंसिर १ गते टोलको भेला बोलाएर, माइन्यूट नै लेखी बोक्सा बोक्सी भन्दै दम्पत्तीलाई सामाजिक बहिष्कार गरेको थाहा भएको छ । माइन्यूटमा १ सय १३ जनाले हस्ताक्षर गरेका छन् ।

रत्नबहादुरका पाँच जना छोरा छन् । दुई विदेशमा र तीन जना नेपालमै ।

गाउँबाट बहिष्कृत भएपछि एक हप्तासम्म सदरमुकाम चरीकोटमा बसेका उनीहरु त्यहाँ पनि सुरक्षा र सम्मान नपाएपछि मंसिर ८ गते काठमाडौं पुगेका हुन् । न्याय माग्न कहाँ जाने, के गर्ने थाहा नपाएपछि छोरा भए ठाउँ आएको उनीहरुले बताए ।

गाउँलेबाट वर्षौदेखि बोक्सी आरोपमा छी छी र दूर दूर सहँदै आएका उनीहरुलाई अहिले गाउँलेहरुले सामूहिक रुपमा एक्ल्याएपछि निकै दुःखी छन् ।

गाउँलेहरुले कोही मान्छे बिरामी हुँदा, मर्दा, केटाकेटी बिरामी पर्दा, पशुचौपाया मर्दा पनि आफूहरुकै कारणले त्यसो भएको भन्दै गाली बेइज्जती गर्ने गरेको श्रेष्ठ दम्पतीले बताए ।

पटक–पटक गाउँलेहरुको गाली, बेइज्जती कुटपिट सहँदै आएका श्रेष्ठ दम्पती अब भने न्याय नपाउञ्जेल गाउँ नफर्कने मनसायमा छन् ।

यस्तै पीडितका छोरा सक्षम श्रेष्ठले घटनाको सत्य तथ्य बुझी आफ्ना बुबाआमालाई न्याय दिलाइदिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: