‘मर्यादित महिनावारी नीति’ अगाडि बढाउछुः महिला मन्त्री


प्रकाशित मिति :2019-12-08 14:00:48

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘मर्यादित महिनावारी नीति २०७४’ लाई बृहत परामर्श गरि अगाडि बढाइने प्रतिवद्धता गरेका छन् ।

मन्त्री गुरुङ्ले २ वर्ष अगाडि मस्यौदा भएको ‘मर्यादित महिनावारी नीति २०७४’ को कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

लैंगिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/०७७ को अवसरमा लैंगिक हिंसा अन्त्यका लागि सरोकारवालाहरुको भूमिका विषयमा आज राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजित ‘प्रदेशस्तरीय अभियान’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘मर्यादित महिनावारी नीति २०७४’ कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

यस्तै सोही कार्यक्रममा मन्त्री गुरुङले आजको दिन (डसेम्बर ८) लाई ‘मर्यादित महिनावारी दिवस’का रुपमा घोषणा गरी संसारभर मनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने पनि प्रतिवद्धता गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: