महिला फुटबल टिमको पराजयले रसाए मन्त्रीका आँखा


प्रकाशित मिति :2019-12-10 11:00:59

जमुना वर्षा शर्मा

पोखरा । पोखरा रङ्गशालामा सोमबार प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरू अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरू भयो । भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।

आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे । खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलुकद परिषद्का सदस्यलगायतका पदाधिकारीको उपस्थिति थियो । मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे ।

आँशु पुछ्दै मन्त्री पुन

मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहेका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलाडीको अनुहारभरी पराजयको पीडा देखेपछि आफूलाई रोक्न सकिनन् । आँखाभरी आँशु पार्दै उनले नेपाली खेलाडीलाई मेडल वितरण गरिन् ।

मन्त्री पुनले छोटो कुराकारानीमा आँखाको आँशु पुछ्दै भनिन्, “नेपाली खेलाडी छोरीहरू निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरूको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरू निराश हुँदा मेरो आँखामा आँशु रोकिएन ।” उनले आँशु पुछ्दै फेरि भनिन्, “नेपाली छोरीहरूको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँशु थाम्न सकिन ।” उनले नेपाली खेलकूदमा लगानीको खाँचो रहेको औल्याइन् ।

मन्त्री पुनले भनिन्, “नेपाली महिला फुटबल खेलाडीको उत्साहले मलाई निकै गर्व लागेको छ ।” आउने दिनमा उनीहरूलाई हामीले लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरूबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको उनको प्रतिक्रिया थियो । उनले हारजित स्वभाविक हुने भन्दै सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको र भारतको टोलीलाई जित्न सफल भएकोमा बधाई दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: