सामूहिक बलात्कारको आरोपमा वडा अध्यक्ष पक्राउ


प्रकाशित मिति :2019-12-11 11:57:09

–महिला खबर–

ललितपुर । रक्षक नै भक्षक भएपछि विश्वास कोसंग गर्ने ? सप्तरीमा वडा अध्यक्ष नै सामूहिक बलात्कारको आरोपमा पक्राउ परेपछि स्थानीयले यही प्रश्न गरिरहेका छन् । घटनामा संलग्न रहेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह रहेका छन् ।

३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।

पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: