सुत्केरी महिला अस्पतालमै बन्धक


प्रकाशित मिति :2019-12-13 12:14:41

–महिला खबर–

सप्तरी । सुत्केरी हुँदा अस्पताललाई तिर्नुपर्ने रकम बुझाउन नसक्दा एक महिला अस्पतालमै बन्धक बनेकी छिन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंग विराटनगरस्थित विराटनगर अस्पतालमा ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालबाट डिस्चार्ज हुन सकेकी छैनन् ।

बिपन्न आर्थिक अवस्थाकी दलित महिला ललितादेवीलाई विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल पुर्याइएको थियो । ट्रमा सेन्टरमा रहँदा पत्नीको उपचारका लागि लागेको खर्च पतिले यसअघिनै ट्रमा सेन्टरलाई १ लाख ७४ हजार बुझाइसकेका थिए । नवजात जुम्ल्याहा जन्माएकी ललिताको एक शिशुको मृत्यु भइसकेको छ भने अर्की शिशु जिबितै छिन् ।

विराटनगर अस्पताल प्रशासनले ललिताको उपचारमा लागेको खर्च नतिरेकोले उनलाई डिस्चार्ज नगरिएको जनाएको छ ।

ललितादेवीका पति गोपीकुमार सुत्केरी श्रीमतीलाई डिस्चार्ज गर्न नसकेपछि पैंसाको जोहो गर्न भिख माग्न भौंतारिरहेका छन् ।

उनले आफ्नी श्रीमतीलाई डिस्चार्ज गर्ने पैंसा सहयोग गरिदिन भन्दै सबैसंग हार गुहार गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: