यस्तो छ महिला मानव अधिकार रक्षकको घोषणा पत्र


प्रकाशित मिति :2019-12-15 12:37:00

–महिला खबर–

ललितपुर । महिला मानव अधिकार रक्षकहरूको १६ औं राष्ट्रिय परामर्श गोष्ठी तथा १२ औं वार्षिक साधारण सभा सकिएको छ ।

“दिगो समृद्धि र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि संघीय सरकारको दायित्व र महिला मानवअधिकार रक्षकहरूको समन्वयकारी भूमिका” विषयक गोष्ठी तथा वार्षिक साधारण सभाले ७ बुँदे घोषणापत्र –२०७६ पनि पारित गरेको छ ।

काठमाडौंमा भएको साधारण सभाले पारित गरको घोषणा पत्र यस्तो छः

१. घरेलु श्रम तथा घर आधारीत श्रम लगायत सबै सेवामूलक कामलाई उत्पादनमूलक कामको रूपमा गणना गर्दै, हरेक क्षेत्रमा क्रियाशील श्रमिक महिलाका लागि न्यायोचित ज्याला पाउने व्यवस्थाको व्यावहारिक कार्यान्वयनका निम्ति सघ, प्रदेश एवं, स्थानीयस्तरबाट नीतिगत व्यवस्था गरि कार्यान्वयमा ल्याउनका लागि माग गर्दछौ ।

२. संविधानले दिएको सामाजिक सुरक्षाको हक कृषि, ईट्टाभट्टा, गिट्टी कुट्ने, घरेलुश्रमिक, वैदेशिक रोजगारी लगायतका विभिन्न जोखिमपूर्ण अवस्थामा कार्य गरिरहेका सबै महिलाहरूका लागि सुनिश्चित हुने वातावरण निर्माण गर्न, यसो गर्दा सुकुम्बासी, अपागंता भएका एवं सामन्ती र सामाजिक व्यस्थाका कारण कायम नै रहेको हलिया, कमैया, हरूवा, चरुवा जस्ता श्रमिकहरूको विशेष आवश्यकता केन्द्रित गरि न्यायोचित ज्याला कायम गर्न, पूर्ण रुपमा पुनस्र्था्पित गर्ने एवं अनौपचारिक क्षेत्रलाई औपचारिकीकरण गरि सामाजिक सुरक्षाको दायारामा ल्याउने व्यवस्था गर्न माग गर्दछौ ।

३. हाल ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षाले घरभित्र काम गर्ने, घर आधारीत श्रम, कृषि क्षेत्रमा काम गर्ने एवं स्वरोजगारजस्ता मजदुरहरूलाई समेट्न नसक्ने भएको हुँदा त्यसलाई लोक– कल्याणकारी राज्यको अवधारणा सम्मत बनाउन माग गर्दछौ ।

४.मनोरञ्जन लगायत पर्यटन, होटल, यातायात क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको श्रमको पहिचान र सम्मान गर्दै यस क्षेत्रमा कार्यरत श्रमिक महिलाको सवाललाई श्रम ऐन र सामाजिक सुरक्षा ऐनले सम्बोधन गर्न र कार्यस्थललाई सुरक्षित बनाउन माग गर्दछौं ।

५. कार्यस्थललाई उपयुक्त अनुकुलता सहित अपांगतामैत्री वातावरण बनाई अपागंता भएका महिलाहरूको रोजगारीमा समान अवसर तथा पहुँच निर्माण गर्न, अपागंता भएका महिलाहरूको आवश्यकता पहिचान गरि दिगो जीविकोपार्जनका लागि सिप तथा व्यवसायीक तालिमहरू प्रदान गर्न माग गर्दछौं ।

६.सवै श्रमिककोसामाजिक सुरक्षा संयन्त्रमा पहुँच स्थापित गर्न अभिलेखबद्ध गर्नका हरेक स्थानिय तहमा श्रम डेक्स र लैगिंक सम्पर्क व्यक्तिको अनिवार्य व्यवस्था गर्न तथा आवश्यक बजेट सहितकोनीति र नियम बनाउन माग गर्दछौं ।

७. कार्यस्थलमा हुने यौनजन्य दूव्र्यवहार विरुद्धको आइएलओ महासन्धि १९० र घरेलु श्रम सम्बन्धी आईएलओ महासन्धी ९ऋज्ञडढ० तुरुन्तैअनुमोदन गर्न माग गर्दछौ । साथै नेपालका कानुनी व्यवस्थाहरूलाई अन्तराष्ट्रिय कानुन अनुकुल परिमार्जन गरि कार्यान्वय गर्न र हरेक प्रतिष्ठान भित्र गोप्य उजुरी कक्ष लगायतका आवश्यक व्यवस्था गर्न माग गर्दछौं ।

Image may contain: 12 people, including Nirmala Dhital, Renu Adhikari, Namita Nepal, Shyam Sah, Sanjita Timsina, Srijana Pun and Nirmala Bagchand, people smiling, indoor

Image may contain: 3 people, people sitting and indoor

Image may contain: 13 people, people sitting, table and indoor

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: