मेयर कुलबहादुर कुँवरको चेतावनीः छाउगोठमा फेला परे जेल पठाइने


प्रकाशित मिति :2019-12-17 11:48:17

–तपेन्द्र कुँवर–

अछाम । महिनावारी भएका बेला घर छोडेर छाउगोठमा नबस्नुहोला । यदि तपाईं छाउगोठमा फेला पर्नु भो भने जेल जानुपर्नेछ ।

महिनावारी भएको बेला छाउगोठमा बस्न नपाइने कानून भए पनि त्यसलाई अटेर गर्दा अछाममा छाउगोठमा बसेका बेला महिलाको ज्यान जान थालेपछि साँफेबगर नगरपालिकाले छाउगोठमा बसेको फेला परे जेल पठाउने नीति अख्तियार गरेको हो ।

कुलबहादुर कुँवर, नगर प्रमुख

नगर प्रमुख कुलबहादुर कुँवरले नगरपालिकाका प्रतिनिधिले रातीराती गाउँघरमा अनुगमन गर्ने र महिनावारी भएको बेला छाउगोठमा बसेको भेटिए प्रहरी बोलाएर जेल पठाउने चेतावनी दिएका छन् ।

“मेरै नेतृत्वमा अगुममन गर्नेछौं । छाउगोठमा फेला पर्ने कसैलाई छोडिन्न” नगर प्रमुख कुँवरले भने, “कानून नमान्ने हक कसैलाई छैन । जोसुकै हुन्, छाउगोठमा बस्नेलाई जेल नपठाउँदासम्म नहुने देखियो ।” कुँवरले दुई वर्षसम्म नगरले गरेको प्रचारात्मक अभियान सफल नभएको भन्दै अब पुस महिनाभित्रै सर्वपक्षिय छलफल गरेर नगर कडा रुपमा प्रस्तुत हुने बताए ।

नगर प्रमुख कुँवरले नगरभित्र यदि कसैले छाउप्रथा मानेको देखिएमा सामाजिक सुरक्षा भत्तादेखि शिक्षकको तलव रोक्ने कडा चेतावनी दिएका छन् । शिक्षक, कर्मचारी, जनप्रतिनिधि कोही पनि छाउगोठमा बसेको पाएमा सम्पूर्ण सेवा सुविधा रोकिने चेतावनी उनको छ ।

छाउपडी कुप्रथाका कारण अछामवासीले शिर निहुँराउने पर्ने अवस्था सृजना भएकाले अब यसको अन्त्यको लागि पनि सबै अछामीको साथ सहयोग आवश्यक परेको कुँवरको भनाइ छ ।

केही दिन अघि महिनावारी हुँदा छाउगोठमा बसेकै कारण साँफेबगर नगरपालिका वडा नं३ सिद्देश्वरकी पवित्रा रावतको ज्यान गएको थियो ।

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: