जापानमा पत्रकारले जितिन् #मीटू मुद्दा


प्रकाशित मिति :2019-12-18 11:10:07

जापानमा एक पत्रकार महिलाले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकारविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् ।

सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन् । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन् ।

उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले यामागुचीबाट ३३ लाख जापानी येन (३४ लाख २७ हजार रुपैयाँ) क्षतिपूर्ति भराउते फैसला गरेको छ ।

मुद्दाको फैसला आएपछि इतो।

पितृसत्तात्मक जापानी समाजमा यौन दुव्र्यवहारबारे निकै कम महिलालेमात्र उजुरी दिने गर्छन् । यस्तो अवस्थामा मुद्दा हालेकी इतो पछिल्लो समय चलेको #मीटू अभियानकी जापानी प्रतीक बनेकी छन् ।

‘म निकै खुसी छु,’ मुद्दाको फैसला आएपछि इतोले भनिन् । उनले ‘जित’ लेखेको ब्यानर समातेकी थिइन् ।

टोकियो ब्रोडकास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले सन् २०१५ मा त्यतिबेला समाचार संस्था रोयटर्स इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए ।

समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी गर्यो । यामागुचीले सहमतिमै शारीरिक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हाले ।

त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन् ।

अदालतले यामागुचीलाई दोषी ठहर गर्दै क्षतिपूर्ति तिराउने फैसला त गरेको छ तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा बाँकी रहने छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: