बोक्सी भन्दै दम्पतीलाई गाउँ निकाल्ने थुनामा


प्रकाशित मिति :2019-12-20 14:51:28

ललितपुर । दोलखामा बोक्सी आरोपमा दम्पतीलाई गाउँ निकाला गर्ने टोल समिति अध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मंसिरको पहिलो साता बोक्सीको आरोपमा रत्नबहादुर श्रेष्ठ र उनकी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई गाउँ निकाला गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँचजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ स्याँखुका स्थानीयले टोल सुधार समितिका अध्यक्षको नेतृत्वमा श्रेष्ठ दम्पत्तीलाई बोक्सी आरोप लगाई वडाको भेला गरेर माइन्यूट नै गरी सामाजिक बहिष्कार गर्दै गाउँ निकाला गरेका थिए । टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठसहित पाँचजनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामध्ये टोल सुधार समितिका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने र बाँकी ४ जनालाई जनही तीन लाख रुपैयाँ धरौटी मागे पनि सोबापतको रकम तिर्न नसकेपछि उनीहरूलाई पनि थुनामा पठाइएको दोलखाका प्रहरी प्रमुख रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनका अनुसार सोही अभियोगमा पक्राउ परेका तुलबहादुर मगरलाई भने संलग्नता नरहेका कारण साधारण तारेखमा रिहा गरिएको छ । बिहीबार भएको थुनछेक बहसमा धरौटीबापतको रकम बुझाउन नसकेपछि स्याँखुका छत्रबहादुर मगर, तीर्थनारायण श्रेष्ठ, हरिध्वज मगर र श्याम भनिने बुद्धराज मगरलाई पनि थुनामा राख्न आदेश भएको थियो । जेल चलान भएका उनीहरूविरुद्ध बोक्सीसम्बन्धी आरोप कसुर र सजाय ऐन ०७२ अन्तर्गत कारबाही हुने जिल्ला अदालत दोलखाले जनाएको छ ।

उनीहरूले टोल सुधार समितिको बैठक राखेर गाउँकै रत्नबहादुर श्रेष्ठ र उनकी श्रीमती कृष्णकुमारी श्रेष्ठलाई जबरजस्ती बोक्सीको आरोप लगाएर सामाजिक बहिष्कार गरी गाउँ निकाला गर्ने निर्णय गरेका थिए । गाउँमा बस्नै नसक्ने अवस्था बनाएपछि पीडित दम्पती न्याय माग्न भन्दै सदरमुकाम र तयसपछि काठमाडौं पुगेका थिए ।

आफ्ना बाबुआमालाई गाउँ निकाला गरेपछि पीडितका छोरा भाजुराम श्रेष्ठले टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठसहित नौजनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । उक्त घटनामा संलग्न ९ मध्ये बाँकी तीनजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । दोलखाका प्रहरीप्रमुख पोखरेलका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।

यो पनि हेर्नुस्

http://mahilakhabar.com/news/2019/12/06/51558.html

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: