सरुले जितिन् यस वर्षको एनपीस अवार्ड


प्रकाशित मिति :2019-12-22 12:09:23

–महिला खबर–

ललितपुर । यस वर्षको ‘एनपीस अवार्ड २०१९’ सामाजिक अभियन्ता तथा संचारकर्मी सरु सुनारले जितेकी छिन् ।

एक दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र समानताका लागि क्रियाशील सुनारले एनपीस अवार्डको ‘अनटोल्ड स्टोरी’ (नभनिएको कथा) अवार्ड जितेको यूएनडीपी, एनपीस नेटवर्कले जनाएको छ ।

पत्रकारिता मार्फत जातीय विभेद विरुद्ध र लैंगिक समानताको पक्षमा निरन्तर आवाज उठाएको भन्दै एनपिस नेट्वर्कले उनलाई ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेको थियो ।

सरु सुनार

बिशेष गरेर कथित जातका आधारमा मान्छेले मान्छेलाई गरिने विभेद, थिचोमिचो, अन्याय र अत्याचार विरुद्ध उनले एकल र संयुक्त रूपमा अभियान चलाउदै आएकी छन् ।

जातीय र लैंगिक विभेदका विरुद्ध ज्यानको बाजि लगाएर काम गरिरहेकी सुनारले आफ्नो कामको मुल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्तिलाई धन्यवाद दिँदै आफ्नो अमुल्य मत दिएर बिजयी गराउने सबैंलाई धन्यवाद दिएकी छन् ।

यो विधामा नेपालबाट रजनी कोइराला र उमा थापामगर ‘अनटोल्ड स्टोरी’ पनि मनोनित भएका थिए । मनोनयनमा परेका मध्ये सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियन्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आइरहेको छ ।

अभियन्ता सुनार काठमाडौंबाट संचालन भइरहेको थाहा अनलाइनका सह–सम्पादक र सैघाली अनलाइन टीभीका संचालक हुन् ।

http://mahilakhabar.com/news/2019/11/06/51015.html

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: