पीडितको अन्तरवार्ता कसरी लिने ? ‘पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता’ सार्वजनिक


प्रकाशित मिति :2019-12-24 12:12:53

-महिला खबर-

ललितपुर । अपराधको गम्भीर पीडामा परेका पीडितको अन्तरवार्ता लिँदा ध्यान दिनुपर्ने कुरामा केन्द्रीत स्रोत सामाग्री पुस्तिका ‘पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता’ सार्वजनिक गरिएको छ ।

खास गरेर मानव बेचबिखनजस्तो जघन्य अपराधका पीडितको न्यायमा पहुँच पुर्याउनका लागि उनीहरूसंग अन्तरवार्ता लिँदा के कसरी लिने भन्ने कुरा पुस्तकमा समावेश भएको प्रकाशक आफन्त नेपाल (KIN Nepal)ले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तिका विमोचन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता पद्दति प्रयोग गरेमा पीडितबाट घटनाको सम्पूर्ण नालीबेली पत्ता लाग्ने विश्वास व्यक्त गरे । घटनासंग जोडिएका अपराधीबारे सबै कुरा पत्ता लगाउन सके पीडितका लागि न्याय टाढा नहुने भन्दै मन्त्री गुरुङले मानव बेचबिखनमात्रै नभई सबै खाले जघन्य अपराधका पीडितलाई न्याय दिलाउन यो पुस्तिक सहयोगी सिद्ध हुने बताए ।

पाटन उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरले वर्तमान न्याय प्रणाली पीडितमैत्री हुन नसकेको अवस्थामा यो पुस्तिका अनुसन्धानकर्ता लगायत समग्र फौजदारी न्याय प्रणालीका लागि उपयोगी हुने बताए ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले जघन्य अपराधका पीडित/साक्षीहरूको गम्भीर मानसिक अवस्थाको कारण अनुसन्धान प्रकृयामा पीडित/साक्षीहरूबाट सूचना/प्रमाण प्राप्त गर्न मुस्किल हुने गरेको बताए । जसका कारण मुद्दाको अभियोजन कमजोर भई अभियुक्तले उन्मुक्ति पाउने जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले यो पुस्तिका प्रकाशन गरिएको बताए ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, कानून व्यवसायी, पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: