युवती बली चढ्नबाट बचिन्


बलीका लागि भारत लैजाने ७ जना सार्वजनिक

प्रकाशित मिति :2019-12-27 12:25:26

ललितपुर । नेपाली युवती बली चढ्नबाट बचेकी छन् । आफू फस्न लागेको शंका पाएपछि प्रहरीलाई खबर गर्दा उनी भाग्यले जोगिएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मोडलिङ गर्ने भन्दै बोलाएर युवतीको बली दिने खोज्ने सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूले युवतीलाई विराटनगर बोलाई भारत लगेर तान्त्रिक पूजा गरी बली दिने योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका वर्ष २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह, दाङका २४ वर्षीय दिल कुमारी बुढामागर, सप्तरीका ३५ वर्षीय उमेश माझी, विराटनगरका ५१ वर्षीय दिलिप पोदार, धादिङ्गका २३ वर्षीय प्रेमा तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जित कुमार चौधरी रहेका छन् ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै बोलाएको फेला परेको छ । त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अशोक सिंहले धेरै रकम दिने आशामा बोलाई तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजनाअनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्वीकार गरेको अनुसन्धानबाट खुलेको बताए । पीडित युवतीले शंका गरी पुस ४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबालगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानमा खुलेको छ । उनीहरूको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार बराबरको चेक, कृष्ण तामाङबाट ७ थान एटिएम कार्ड तथा तान्त्रिक पुजाका समानहरू बरामद गरेको छ ।

उनीहरूलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याइएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: