सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार


प्रकाशित मिति :2019-12-27 14:08:11

–महिला खबर–

ललितपुर । दोलखा विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । बिहीबार बिहान सुत्केरी भएलगत्तै श्वास प्रश्वासमा जटिल समस्या देखिएकी खोपाचागुकी निर्मल खड्काकी श्रीमती सुष्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहल र निर्देशनमा सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी उनलाई स्वास्थ्य अवस्थामा समस्या देखिएलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

अहिले उनको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको छ । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

बुधबार दिउँसोदेखि सुत्केरी व्यथा सुरु भएपछि उनलाई खोपाचागुस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर लामो समयसम्म सुत्केरी हुन नसकेपछि सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

यसैबीच, मन्त्री गुरुङले उद्धार गरि अस्पतालमा भर्ना गरिएकी खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका कुनै कमी हुन नदिन उपचारमा संलग्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: